कसरी स्मार्ट फोनको शिकार बन्दैछ नयाँ पुस्ता?

  • Get News Alerts

 स्मार्ट फोन अहिलेको डिजिटल दुनियाँमा एक अत्यावश्यक बस्तुकोरुपमा देखा परेको छ। यसले मान्छेको जीवनलाई सहज बनाएको छ। तर यसको प्रयोग सावधानी पूर्वक गरिएन भने हामि स्मार्ट फोनको शिकार बन्न सक्छौ। विशेषगरि युवाहरु यसको बढि शिकार हुने एक अध्ययनले देखाएको छ।

भारतमा गरिएको एक अध्ययन अनुसार ईन्टरनेट र स्मार्ट फोनमा भएको सहज पहुँचका कारण साइबर बुलिगं अर्थात अनलाईनमा पछ्याउने घटनाहरुमा तिब्रता आएको छ। कोलकातामा मात्रै सन् २०११ र २०१५ को बिचमा २ सय ५५ प्रतिशत ले उक्त घटनामा बृद्धि भएको छ।

यूनिनोर नामको एक निजि संस्थाले गरेको सर्वेक्षणमा हरेक २ स्कूले बिद्यार्थीमा एक जना साईबर बुलिगंको शिकार हुने जनाएको छ। सन् २०१२ सम्ममा साईबर सम्बन्धि अपराधका घटनाहरु बर्षमा ४ वा ५ मात्र हुन्थे भने अहिले आएर महिनामा १० देखि १५ वटा हुने सम्बन्धित अधिकारिहरुले बताएका छन्। यस्ता घटनाका शिकार हुनेमा बिद्यार्थी नै छन्।

बोष्टन कन्सल्टिगं ग्रुपले गरेको अर्को अध्ययनले सन् २०१७ मा भारतमा इन्टरनेटमा सक्रिय हुने बालवालिकाहरुको संख्या १३ करोड ४० लाख पुग्ने देखाएको छ। जबकि सन् २०१२ मा उक्त संख्या ३ करोड ९५ लाख थियो।

समाजशास्त्रिहरुका अनुसार घट्दो संयूक्त परिवार र बढ्दो एकल परिवार, इन्टरनेट र स्मार्ट फोनको सहज पहुँचका कारण बालवालिकाहरु इन्टरनेटमा बढि सक्रिय हुन्छन्। स्मार्ट फोनमा सहजै इन्टरनेटको पहुँच हुन सक्ने भएका कारण बालबलिकाहरु चौबिसै घण्टा अनलाक्षर््न हुन्छन्। अपराधिहरुले त्यस्तै बालबालिकालाई टारगेट गर्ने गर्छन्। जस्का कारण उनिहरु साईबर सम्बन्धि अपराधका शिकार भईरहेका छन्।

साईबर अपराध विशेषज्ञका अनुसार अपराधिहरुले अरुका व्यक्तिगत सूचनाहरु संकलन गरि ब्ल्याकमेल गरी शोषण गर्ने गर्छन्।

विशेषगरी कामकाजी दम्पतिका बालबालिकाहरु बढि शिकार हुने गरेको अनुसन्धानले देखाएको छ। व्यस्त अभिभावकहरु आफ्ना बच्चाहरुले के गरिरहेका छन् भन्ने हेर्न समेत भ्याउदैनन्। अनि बच्चाहरु स्मार्ट फोनमा व्यस्त हुन्छन् र बिस्तारै उनिहरुको व्यवहारमा परिवर्तन आउँछ र सजिलै फकिएर अपराधिको शिकार बन्छन्।

अब उपाए के छ त

बालबालिकालाई साइबर अपराधको शिकारबाट बचाउन उनिहरुलाई जानकारि मूलक शिक्षा दिनु जरुरी छ। साथै अभिभावकहरुलाई पनि जागरुक बनाउनु पर्छ। अभिभावकले आफ्ना नानिहरुले स्मार्ट फोन र ईन्टरनेट कतिको चलाई रहेका छन् र उनिहरुको व्यवहारमा एक्कासी परिर्वतन आएको छ कि ध्यान दिनु पर्छ।

आमाबावुले कामको साथ साथै बच्चाहरुको लागि समय छुट्याउनु पर्छ र उनिहरुको समस्याको बारेमा मित्रवत व्यवहार गरि जानकारी लिनुपर्छ। बिशेसत स्कुले छात्राहरु बढि शिकार हुने भएकोले संस्थागतरुपमा जागरण अभियान चलाउनु पर्ने हुन्छ। साथै उनिहरुलाई मनोबैज्ञानिक परामर्श पनि दिनु पर्छ।

प्रतिकृया दिनुहोस