नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुसँग मागे ३ महिनाको यात्रा विवरण

  • Get News Alerts

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्री मण्डलका सदस्यहरुसँग पछिल्लो ३ महिनाको यात्रा बिवरण मागेका छन। आउने सोमवार सम्म बुझाउनु पर्ने उक्त बिवरणमा गएको तिन महिना यता कुन मन्त्री कहाँ कहाँ पुगेर के के काम गरे भनेर खुलाउन पर्ने छ। भारती प्रधानमन्त्रीले लागु गरेको नोट प्रतिवन्धलाई कसरी सहयोग गरे भनेर पनि खुलाउन पर्ने बताइएको छ।

मन्त्री मण्डको बैठकमा प्रधानमन्त्री मोदीले उक्त बिवरण माग गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन। पछिल्लो तिन महिनामा कुन मन्त्री कुन ठाउँमा गए र त्यसको उपलब्धी के भयो भनेर उल्लेख गर्न पर्ने छ। राजधानी भन्दा बाहिर नगएका मन्त्रीहरु कार्यालयमा भए कि गएनन र गएका भए के के काम गरे भन्ने कुरा पनि बिवरणमा उल्लेख गर्न पर्ने छ।

प्रतिकृया दिनुहोस