पाकिस्तानकाे संसदका उपाध्यक्षलाइ अमेरिकाले भिसा दिएन

  • Get News Alerts

अमेरिकाको न्युयोर्कमा हुने अन्तराष्ट्रिय संसदिय बैठकलाई भाग लिन जानलागेका पाकिस्तानका माथिल्लो सदनका उपाध्यक्ष मौलाना अब्दुल गाफुर हैदरीलाइ अमेरिकाले भिसा दिन मनाहि गरेको छ। उपाध्यक्षलाई भिसा नदिएर अमेरिकाले पाकिस्तानको इज्जत नगरेको भन्दै सभामुख रजा रब्बानीले संयुक्त राष्ट्रसंको बैठकलाई पाकिस्तानले बहिष्कार गरेको बताएका छन्।

संसदलाई सभामुख रजाले कोहि पनि अमेरिका भ्रमण नगर्न निर्देशन दिएको पाकिस्तानको स्थानीय समाचारहरुले बताएका छन्। ‘अमेरिका अथवा पाकिस्तानस्थित अमेरिकाको दूतावासले स्पष्टिकरण नदिएसम्म कोहि पनि अमेरिको भ्रमण नगुर्नु।’ रजाले बताएका छन्।

उपाध्यक्षसँगै भिसाका लागी अमेरिकन दूतावासमा निवेदन दिएका अर्का सांसद सला उद्दिन तिर्मीजीले भने भिसा पाएका छन्। मौलानन इ स्लाम फजलका सदस्य रहेका कारण अमेरिकाले भिसा नदिएको हुन सक्ने समाचार सँस्था डनले बताएको छ।

संसदिय सचिवालयले जारी गरेको बिज्ञप्ती अनुसार यो मुद्धाको छिनोफानो नहुन्जेल कुनै पनि अमेरिकि अधिकारीहरुलाइ स्वागत नगर्न निर्देशन दिएको छ। उक्त भ्रमण औपचारिक भएका कारण उपाध्यक्ष मौलानाको तर्फबाट फारम भर्ने सबै कामहरु सचिवालयले गरेको थियो।

दूतावासका कर्मचारीले भने उपाध्यक्षको भिसाको जानकारी १४ फेब्ररी सम्म दिन सक्ने बताएको थियो। १४ फेब्ररी अन्तराष्ट्रिय संसदिय बैठकको अन्तिम दिन भएका कारण अब जनाने भन्दै युएनको बैठक बहिष्कार गरेको हो।

दूतावासमा पुर्याइएको मौलानाको पासपोर्ट भने फिर्ता नगरेको बताएको छ। दुतावसले भने उनको पासपोर्ट १४ फेब्ररी पछिमात्र फिर्ता हुने बताएको छ।
 




प्रतिकृया दिनुहोस