अन्जली लामा पहिलो समलिंगी मोडल

  • Get News Alerts

भारतको मुम्बईमा आयोजित ‘लक्मे फेसन विक’ मा क्याट वाक तर्फ नेपालकी ३२ वर्षीय अन्जली लामा पहिलो नेपाली समलिड्गी मोडल बन्न सफल भएकी छन्।

नविन वाईवाको नामबाट छोराको रूपमा उनको जन्म नेपालको नुवाकोटमा भएको थियो। सीएनएनसँगको अन्तरवार्तामा उनले सानो हुँदा महिलाको लुगा लगाउन मन पराउने गरेको र प्राय सवै महिला साथीहरूसँग घुलमिल हुने गरेको बताइन्।

स्कूलका केटा केटीले ‘यो केटी हो’ भनेर जिस्क्याउने गर्थे। उनको चालढालका कारण घरमा समेत अविभावकको समेत तनाव खप्नुपर्‍यो।

१८ वर्षको उमेरमा उनी अध्ययनका लागि काठमाडौं आउदा लैंगिक भिन्नताका कारणले मानसिक तनाव खप्नुपरेको थियो। उनी कलेजमा अध्ययनका साथै एउटा होटलमा काम गर्थिन्। उनको महिला जस्तो व्यवहार कै कारणले होटलले उनलाई जागिरबाट हटायो। उनको महिला जस्तो व्यवहारले आफ्ना ग्राहकलाई असहज बनाएको आरोप उनलाई लगाईएको व्यहोरा अन्जलीले सीएनएनसँगको कुराकानीमा बताइन्।

प्रतिकृया दिनुहोस