भारतीय यातायात मन्त्रीको निवासमा प्रहरीको छापा

  • Get News Alerts

सर्वोच्च अदालतको आदेशमा भारती उत्तर प्रदेशका यातायात मन्त्री गायत्री प्रसाद प्रजापतिको घरमा प्रहरीले छापा हानेको छ। बलात्कारको आरोप खेपिरहेका मन्त्री प्रजापतिको घरमा प्रहरीले गएराति मन्त्रीले आफ्नो पदको दुरुपयोग गर्दै अकुत सम्पति कमाएको बलात्कारमा सलग्न रहेको आरोपमा उनको निवासमा छापा मारेको छ।

अकुत सम्पति भएका प्रजापति सन २००२ सम्म भारतीय सरकाले जारी गर्ने गरिवी पिरचयपत्र बोकेर हिडने गरेका थिए। सरकारी आवासमा सरक्षाकर्मीले छापा मारेका थिए। मन्त्रि घरमा नभेटीएको र उनको बिषयमा घरमा भेटीएका अधिकारीहरुसँग सोधपुछ गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

यातायात मन्त्रि प्रजातपि लगायत उनका अन्य ७ जना बिरुद्द एक महिलाले सामुहिक बलात्कार गर्न खोजेको आरोप सहित मुद्दा दायर गरेकी थिइन। आफुलाइ लागु पदार्थ सेवन गराएर मन्त्रि लगात अन्य सात जनाले आफु लगायत आफ्नी नावालक छोरीलाइ समेत बलात्कार गर्न खोजेको भन्दै मुद्दा दायर गरेकी थिइन।

 

 

 

प्रतिकृया दिनुहोस