'तलाक' का आधारमा गरिने सम्वन्ध बिच्छ्दको बिरोधमा उभिए भारतका १० लाख मुश्लिम महिलाहरु

  • Get News Alerts

पुरुषले तिनचोटी तलाक, तलाक, तलाक भनेकै आधारमा सम्वन्ध बिच्छेद हुने मुश्लिम परम्पराको बिरोधमा भारतीय मुश्लिम महिलाहरु एक जुट हुन थालेका छन्। भारतको मुश्लिम राष्ट्रिय मंचले सुरु गरेको उक्त अभियानमा भारतमा करिव १० लाख मुश्लिम महिलाहरुले हस्ताक्षर गरेको गरेका छन्।

भारतले मुश्लिम परम्परा अन्तर्गत यस्तो सम्वन्ध बिच्छेदका कारण धेरै समस्या भोगेको सरकारी अधिकारीहरुले समेत बताउँदै आएका छन्। भारमा मुश्लिम महिलाहरु तलाकका बिरोधमा यति धेरै संख्यामा लागी परेको यो पहिलो पटक हो।

मुश्लिम धर्ममा पतिले मन नपराएको खण्डमा तिन चोटी तलाक तलाक तलाक भनेको आधारमै सम्वन्ध बिच्छेद गएको मानिन्छ। भारतिय जनता पार्टीले भर्खरै पाएको बिजयको मुद्दा पनि यसमैमा केन्द्रित रहेको स्थानिय संचार माध्यमहरुले बताउका छन्।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस