उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले भने- मन्त्रीहरुको कार्यकक्षमा चाडै क्यामेरा लगाइने छ

  • Get News Alerts

उत्तर प्रदेशका नयाँ मन्त्री आदित्यनाथले राम्रो कामको लागी र पिरवर्तनका लागी सबै मन्त्रीहरुको पार्दर्शीता र बिहान साढे नौ बजे कार्याल पुग्न नयाँ निर्देशन जारी गरेका छन्। साईरन जडित कुनै पनि गाडीहरु मन्त्रीहरुले प्रयोग गर्न नपाउने बताएका छन्।

'म सबै मन्त्रीहरुसँग पार्दर्शीताको अपेक्षा गरेको छु।' आदित्य नारायणले बताएका छन्। राज्यभित्र शुसासान र पार्दर्शीताका लागी मन्त्रीहरुले सबैभन्दा ठूलो भुमिका निभाउनु पर्ने बताएका छन्। लोकभवनमा आफ्ना मन्त्रीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन। आदित्यनाथले भनेका छन् 'कार्यभार समालेपछि कसैले पनि घरवाट काम गर्ने पाउने छैन। समयमै कार्यालयमा पुग्नु पर्ने छ।'

लोकसभामा भएको छलफलमा मुख्य मन्त्री आदित्यनाथले गएको १५ वर्षमा उत्तर प्रदेशमा बिग्रदो ब्यवस्था र सरकारलाई उपस्थतिलाई नयाँ बनाउनु पर्ने बताएका छन्। 'चाडै सबै मन्त्रीहरुको कार्य कक्षमा सिसी क्यामेरा र बायोम्याट्रिक प्रणालीको ब्यवस्था गरिने समेत बताएका छन्।

मन्त्रीहरुले प्रयोग गर्ने गाडीको ध्वनी प्रदुषण रोक्नु पनि मन्त्रीहरुको नयाँ आचरण हो भन्दै अब कुनै पनि मन्त्रीहरुले आफ्नो यात्रामा इमर्जेन्सी साइरन नबजाउन आग्रह गरेका छन।

प्रतिकृया दिनुहोस