किन गुगलकी इन्जिनियरले सिलिकन भ्यालिको जागिर छोडेर भारत फर्किन्?

  • Get News Alerts

अमेरिकाको वसाइ सबै किसिमले नुपुर देवले कल्पना गरेको जस्तै थियो। नुपुर एक भारतिय नागरिक हुन्। उनले बितेको एक दशक अमेरिकामा बिताएकी थिइन्। उनि अमेरिकाको क्यालिफोर्निया स्थित माउन्ट भ्यूमा रहेको गुगलको मुख्य कार्यलयमा काम गर्दथिन्। जुन उनले असाध्यै मन पराएको काम हो। उनले यहि कामको माध्यमवाटै अमेरिकाको स्थाई बसोबास अनुमति पत्र अर्थात ग्रीन कार्ड पनि पाएकि थिइन्।

नुपुर गुगलको एक शाखा नेटवोर्क कन्टेन्ट डिस्ट्रिब्युसनकि प्रोग्राम म्यानेजर थिइन्। जुन शाखाले गुगललाई छिटो चल्ने बनाउँछ। उनको बढुवा हुने सम्भावना पनि प्रसस्तै थियो। उनको भनाइ अनुसार संसार यात्रा गर्न पाउथिन् र थुप्रै सम्मेलनमा भाग लिन्थिन्। उनले भनिन ‘यो काम राम्रो थियो, टिम अझ राम्रो थियो। मेरालागी यो साच्चिकै एक राम्रो जागिर थियो।’

तर, त्यहाँ एउटा समस्या थियो। उनको त्यो सिलिकन भ्यालिको सपना जस्तो जीवनमा बेखुसिको सिमा बढ्दै थियो।

किन?

महंगी र एक्लोपन

'एउटा कुरा नि, महंगीका कारण जीवन जीउनु एकदम कष्टकर थियो।' उनको राम्रै कमाई हुने भएपनि बे एरियाको महंगाइको तुलनामा त्यति धेरै आम्दानी होइन्। झन घर किन्नका लागि त निकै कम आम्दानी थियो त्यो।

नुपुरका अनुसार गुगलमा काम गर्नेहरु सबै धनि हुन्छन भन्ने एक मिथक हो अर्थात सत्य होइन्। गुगलमा पक्कैपनि उच्च बिशेषज्ञ इन्जिनियर र उच्च पदका म्यानेजरहरुको कमाई राम्रै हुन्छ (उनिहरुको कमाई बार्षिक १० लाख डलर सम्म हुन्छ)। तर, अन्य कर्मचारिहरुको सवालमा गुगल मध्यम खालको तलब दिने कम्पनि हो।

जस्तै, ग्लासडोरका अनुसार गुगलले टेक्निकल प्रोग्राम म्यानेजरकालागि बार्षिक करिब ९४ हजार देखि १ लाख ७७ हजार डलर सम्म तलब दिन्छ। तर, सिलिकन भ्यालिको महंगाइका अगाडी त्यो तलब निकै चुनौतिपूर्ण हो। त्यो कमाइ धेरै दिन पुग्दैन्।

‘म सधै भाडाको घरमा बसें’ नुपुरले भनिन ‘र सधै रुममेटसंगै बस्नु पथ्र्यो।’

तर उनको समस्या पैसा मात्र होइन एक्लोपन हो। मानिसको जिवनमा आइपर्ने एक्लोपन सबै भन्दा खराब स्थिति हो। उनले भारतमा रहेका घरपरिवारलाई एकदम सम्झिन्थिन्। उनले आफ्नो देशलाइ सम्झिन्थिन्। उनि एक्लि थिइन्। उनका अनुसार गुगलको लामो कामका कारण कसै संग भेट्न र सम्बन्ध बनाउन गारो थियो। साथै गुगलमा काम गर्ने भएकाले सिलिकन भ्यालिमा एक सामाजिक प्रतिष्ठा हुन्थ्यो, जस्का कारण उनि कसैसंग सम्बन्धमा गांस्न डराउँथिन्।

इन्डियन गुगल नेटवोर्कमा उनि निकै भिजेर काम गर्थिन्। प्रमुख कार्यकारि शुन्दर पिचाई सहित गुगलमा भारतिय कर्मचारिहरुको ठुलो संख्या छ। र, गुगलको बिविधतामा इन्डियन नेटवोर्क एक सक्रिय समुह हो।

नुपुरले भनिन् ‘मैले गुगलमा महिला क्रिकेट टिम भेटें। अनि इन्डियन गुगल नेटवोर्कसंग मिलेर मैले धेरै कार्यक्रमहरुको आयोजना गरें। मेरा धेरै साथिहरु पनि थिए, म सामाजिक पनि थिएँ, मेरो मज्जको जीन्दगी थियो। तरपनि मेरो उदासिपन रोकिएन।’

एक समय नुपुर सान फ्रान्सिस्कोमा पनि नबसेकि होइनन्। जहाँ मनोरम दृश्य, मिठो खाना र स्वतन्त्र हिडडुलको मजा लिइन्। तर फेरि उनि निरास भइन्, थकित भइन्। कारण प्रत्यक दिन ३ घण्टाको यात्राले थलिन्।

सधै साँझ साढे ८ बजे घर पुग्यो थकित शरिर लिएर। समय अभावका कारण घरको कामकोलागि टास्कर्याबिट कम्पनिको सहारा लिइन् तर खर्चले धान्न गारो भयो, सेवा बन्ध गरिन्। ‘मेरो खिन्नता बढी रहेको थिया’ उनले भनिन्। ‘सान फ्रान्सिस्कोको थकित दिनचर्याले मैले मेरो लेख्ने र फोटोग्राफिलाई समय दिन पाएकि थिइन्’ उनले थपिन्।

जब उनि आफ्नो एक नातेदारको बिवाहमा सरिक हुन भारत अर्थात घर गइन, त्यतिबेला उनले आफ्ना ८ बर्षका भतिज संग गफ गर्दैथिन उस्ले सोध्यो 'किन उनि अमेरिकामा बसीरहेकि?' उनि संग एउटै जवाफ थियो ‘म अमेरिका वसीरहेकी छु किनकी मसँग राम्रो जागिर छ।’

थोरै खर्च, धेरै सबथोक

उनि के जागिरकै भरमा बाँचिरहेकि थिइन त? के उनिसंग भारतमा परिवारको नजिक र गुगलमा काम दुबै थोक हुनसक्छ? के त्यसपछी उनी खुसिहुने छिन त? उनले यी प्रश्नहरुको जवाफ खोजीन र भारतमा गुगलकैलागि अमेरिकामा जस्तो जिम्मेवारि भएको जागिर भेटिन। तर निकै कम तलबमा।

तैपनि उनले खासै निर्णय गर्न सकिरहेकि थिनन्। एक दिन अचानक प्लेनमा भेटिएका एक अपरिचित संग उनको कुराकानी भयो। उनी कानुनका प्राध्यापक र एमआइटिबाट अर्थशास्त्रमा पिएचडी गर्दै थिए। ति अपरिचितले नुपुरलाइ भने 'गुगल इन्डियाको जागिर महत्वपूर्ण हुनसक्छ र त्यसले देशको अर्थतन्त्रमा राम्रो प्रभाव पार्न सक्छ। र, भारतमा पाउने तलब सुबिधाले उनले सजिलै आफ्नालागि घर किन्न सक्नेछिन्।' त्यो कुरामले नुपुरलाई निर्णय लिन सजिलो बनायो।

अहिले सात महिना भयो। उनि धेरै खुसि छिन्। उनले भनिन ‘मेरो तनाब पहिलेको भन्दा दस गुणा घटेको छ। म अमेरिकामा हुँदा जम्मा ५ घण्टा सुत्न पाउँथे तर अहिले इन्डियामा पुरा ८ घण्टा सुत्छु।’

इन्डियाका लागि अमेरिका छोडेको बारेमा उनले लिङ्कडीनमा पोष्ट गरिन र त्यो निकै भाइरल भयो। धेरै मानिसहरुले उनलाई सन्देस पठाउन थाले। अमेरिकामा भएका अन्य आप्रवासिहरुलाई उनको सल्लाह छ ‘आफुले आफैलाई यातना नदिनुस,आफ्नो क्षमतामा विश्वास गर्नुस्।’

(बिजेनेस इन्साइडरकी जुली बोर्टको लेखको भावानुबाद), तस्विरः गुगल

 

 

प्रतिकृया दिनुहोस