मोदीसंगको विबादबाट ओरालो लागेको कपिल शर्माको क्यारियर

  • Get News Alerts

गत सेप्टेम्बर महिनामा कपिल शर्माले एक ट्वीट गरेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाई सोधेका थिए ‘यहि हो तपाईले भनेको सुदिन।’ प्रसंग थियो कपिलले मुम्बईमा आफ्नो अफिस निर्माणकालागि बिएमसिले ५ लाख घुस मागेको।

उनले अर्को ट्वीट गर्दै भनेका थिए ‘आफुले ५ बर्षमा करिब १५ करोड कर तिरेको र अझै मैले मेरो कार्यालय खोल्नकालागि ५ लाख घुस दिनु पर्ने?’ कपिल शर्माको यो ट्वीट निकै भाइरल भएको थियो। तर कपिल शर्माले सोचेका थिएनन् कि यो ट्वीटले यति धेरै विवाद निम्त्याउला र उनको करियरमा धक्का देला भनेर। बिश्लेषकहरुका अनुसार यो घटनाबाट कपिलका दिनहरु निरन्तर ओरालो लाग्न थाले।

उनले ट्वीट गरेको ३ घण्टा पछि महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र फडणवीसले कपिललाइ घुस माग्ने ब्यक्ति र घटना बारे खुलासा गर्न आग्रह गरेका थिए। साथै देबेन्द्रले घटनाका दोषिलाइ नछाडिने बताएका थिए। तर कपिलले ट्वीटरमा जवाफ दिएका थिए तपाइलाइ भेटेर सबै कुरा बताउने छु।

त्यस पछि अन्य ब्यक्तिहरुले पनि घुस माग्नेको नाम सार्वजनिक गर्न कपिललाइ अनुरोध गरेका थिए। मादीका फलोअर्स तरस पाल मानले तत्काल कपिललाई ट्वीटरमा सोधेका थिए ‘के हो जोकर खुलेर बोल न, मोदिलाई त खुबै सार्बजनिक रुपमा खसालेका थियौ नि, बाँकि पर्सनल किन?’

कपिलको उक्त ट्वीटको कडा जवाफ दिदै मोदिले 'सस्तो लोकप्रियता र टिआरपिकालागी झुटा कुरा गर्ने र आफ्नो गलत कामको ढाकछोपका लागि अरुलाइ आरोप लगाउने प्रवृति राम्रो नभएको' बताएका थिए।

यसको कारण थियो कपिलले कार्यालयकालागी अबैधानिक रुपमा घर बनाउन लागेका थिए। अबैधानिक रुपमा घर बनाउन लागेको खुलेपछि उनले उक्तकुरा ढाकछोप गर्न 'सरकारी अधिकारीहरुले घुस मागेको' टुवीट गरेका थिए।

यो ट्वीट काण्ड पछि कपिल र बिएमसिको बारेमा गहिरो अनुसन्धान गरेको थियो सरकारले जसले अन्य बिवादास्पद कुराहरुपनि बाहिर ल्याएको थियो। बिएमसिले भनेको थियो  'कपिलको संलग्नता गैरकानुनी रुपमा भवन निर्माण गरिरहेको छ।'

सो बिवादमा तानिएका कपिलको फ्ल्याट रहेको १८ तले ओसिवारामा भत्काउने गरि मुद्दा पनि दाएर भएको थियो। त्यति मात्र होइन गत जुलाईमा बिएमसिले एक पत्र लेखेर अंधेरिमा रहेको उनको अफिस भवन भत्काइने र भत्काउने खर्च पनि कपिलले तिर्नु पर्ने बताएको थियो। जुन अबैधानिक रुपमा बनाइएको पक्का भैसकेको थियो। तर कपिलले केहि जवाफ दिएका थिएनन्।

कपिललाई आफ्नो अफिस बनाउदा गैर कानूनीरुपमा रुखहरु काटेको र जस्ले गर्दा वाताबरणमा असर पुर्याएको आरोप लगाएका थिए। त्यसले गर्दा उनलाइ कानुनी झमेला पनि ब्यहोनु परेको थियो।

यी विवादहरुसँगै कपिलको करियर राजनितिसँग जोडिन थालेको थियो। बाहिर सार्वजानिक नभए पनि मोदीसँग उनको बिवाद बढन थालेपछि उनको आयकर लगायत अबैधानिक भवन निर्माणमा समर्त सरकारले बढी निगरानी गर्न थालेको थियो। कपिल शर्मा सँगै काम गर्ने धेरै कलाकारहरुसमेत यी घटनाहरुबाट उनिसँग रुष्ठ थिए।

राजनैतिक पार्टिहरुले त शर्माको उक्त ट्वीट राजनितीबाट प्रेरित भएको आरोप लगाएका थिए। कपिलले घुस माग्ने अधिकारिको नाम सार्बजनिक गर्नुपर्ने शिव सेनाले माग गरेको थियो। हैन भने कपिलले झुटो आरोप लगाएका हन भने माफि माग्नु पर्ने माग राखेको थियो।

राजनैतिक बिश्लेषकहरुले शर्मा केजरिवालको आम पार्टीबाट प्रेरित भएको ब्याख्या गरेका छन। साथै कपिलले सिधै प्रधानमन्त्रिसंग जोडि खोज्ने तर केहि कुराको प्रमाण माग्दा नदिने प्रबृतिले सरकारले समेत उनको बिरुद्घमा निगरानि गरिरहेको थियो।

अहिले कपिल र सुनिल बिचको झगडा बाहिर आउनु र कपिलको करियर ‌ओरालो लाग्नु संयोग मात्र रहेको बताउँछन भारतिय समाचार बिश्लेषकहरु। कपिल र सुनिलबिच यो भन्दा पहिले पनि यस्ता झगडाहरु भइरहन्थ्ये। राजनितक रंग लागेका कारण यो घटनाले कपिलको करियरलाइ ओरालो लगाइदिएको बताउँछन समाचार संस्थाहरु।

त्यति मात्र होइन महिलावादिहरुले कपिलको शोमा महिलाहरुलाइ निकै अपमान गर्ने र आपतिजनक अभिब्यक्ति दिने गरेका कारण शो बन्द गर्न माग गरेका थिए। पछिल्लो पटक एयर इण्डियाले समेत कपिललाई वहिस्कार गर्ने बताएको छ। जसले उनको करियरलाइ झन ओरालो लगाउने बताइन्छ।

 

 

 

प्रतिकृया दिनुहोस