योगीले २० दिनमा गरेका ५ ठुला निर्णय

  • Get News Alerts

भारतस्थित उत्तर प्रदेशका मुख्य मन्त्री योगी नित्यानन्दले आफुले कार्यभार समालेको २० दिनमा सर्वसाधारणाका नाममा महत्वपुर्ण निर्णय गरेर जनताको हितमा आफुले काम गरिरहेको प्रमाणित गरेका छन्। जनताका दैनिक आधारभूत आवश्यकताहरु स्वास्थ्य, पानी, बिजुली, सुरक्षा र भ्रष्टाचार सम्वन्धि बिषयमा गरेका महत्वपुर्ण निर्णयले उनको चर्चाले भारतीय राजनीतिमा झन उँचाई लग्न थालेको छ।

आफुले कार्यभार समाले लगतै योगिले भ्रष्टचार मुलुको निर्माणको दुश्मन भएको जिकिर गर्दै यसलाइ निमिट्यान्न पार्ने बताएका थिए। सरकारी कार्यालयहमा दलालहरु मार्फत भ्रष्टाचारलाइ स्थापित गराइरहेको भन्दै सरकारी कार्यालयहरुमा रहेका दलालहरुलाई समात्न लगाएका थिए। जसले कार्यालयमा भ्रष्टाचार रोक्न नयाँ आयाम थपेको थियो। सरकारमा आउनासाथ योगीले मागेको दलालहरुको लिष्ट नै सुरक्षा अधिकारीहरुलाइ थमाएर सबैलाइ समात्न आदेश दिएका थिए।

दोश्रो महत्वपुर्ण काम सर्वसाधारणकालागी खानामा पहुँच हुनुपर्ने भन्दै योगीने गरिवका लागी सहज भोजनको योजना अन्तर्गत अस्पताल लगायतका स्थानहरुमा सस्तो दरमा खाना उपलब्ध गराउने योजनालाइ स्थापित गराउन आदेश समेत दिइसकेका छन्। उत्तर प्रदेशमा कोहि भोकै सुत्न नपरोस भन्ने अभियानका साथ सुरु गरिएको यो ठूलो निर्णय अन्तर्गत सर्वसाधारणले पाँच रुपैयामा खाना पाउने छन भने तिन रुपैयामा नास्ताको ब्यवस्था गरिने छ। राज्यमा रहेका सवैले १३ रुपैयामा बिहान बेलुका खाना खान पाउनु पर्छ भन्ने उनको योजना भारतमै ठूला र महत्वाकाँक्षी निर्णणयहरुमा एक मानिएको छ।

सुरक्षा ब्यवस्थाभित्र देखिएको भ्रष्टाचारलाइ कम गर्न अर्को ड्रिम प्रोक्ट समेत योगीले अगाडी सारेका छन्। सुरक्षा अधिकारीको छविलाई सुधार्न र सर्वसाधारणसम्म सुरक्षाकरर्मीको सहज पहुच पुर्याउन सुरक्षा संयन्त्रलाइ पुरै परिवर्तन गर्ने मनसायमा रहेका योगीको तेस्रो ठूलो योजना मानिएको छ।

गरिवलाइ सहज र सुलभ उपभार पाउनु पर्छ भन्ने योजनालाइ कार्यान्वयन गराउन लागि परेका योगीले मुख्य मन्त्रीको पद समालेको २० दिनमा थालेका ठूला कामहरुमा गरिवलाइ सस्तो उपचार अर्को ठूलो योजना मानिएको छ। प्राइभेट अस्पतालमा काम गर्ने डाक्टरहरुको लिष्ट मागेका योगीले राज्यमा भएका यस्ता डाक्टरहरुको खोजी गर्न समेत आदेश जारी गरेका थिए।

त्यसैतै योगीले २० दिनमा गरेको अर्को महत्पुर्ण निर्णय हो गरिवले निशुल्क बिजुली बाल्न पाउने। निम्न आय भएका ब्यक्तिहरुलाइ निशुल्क बिजुली दिने योजना समेत सरकारले ल्याउने तयारी गरेको बताएका छन्।

 

 

 

प्रतिकृया दिनुहोस