नेपालबारे दिल्लीमा कविता महोत्सव

  • Get News Alerts

यहाँस्थित साउथ एशियन युनिभर्सिटीको आयोजनामा ‘दक्षिण एशियामा नेपाल’ विषयक कविता महोत्सव आइतबार सम्पन्न भएको छ। विश्वविद्यालयको सामाजिक विज्ञान अनुसन्धान परियोजनाले आयोजना गरेको एकदिवसीय महोत्सवमा सहभागीताका निम्ति संगीत नाट्य एकेडेमीका कुलपति एवं कवि सरुभक्त र प्राध्यापक एवं लेखक अभि सुवेदी नयाँदिल्ली पुगेका थिए।

सहायक प्राध्यापक मल्लिका शाक्यको संयोजनमा आयोजित कार्यक्रमलाई विपि कोइराला नेपाल भारत फाउण्डेसनले समेत सघाएको थियो।

विश्वविद्यालयकी अध्यक्ष कविता शर्माको स्वागतबाट अघि बढेको कार्यक्रममा भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले समेत बोलेका थिए।

कार्यक्रममा प्राध्यापक सुवेदी र भारतस्थित ललितकला एकेडेमीका पूर्व अध्यक्ष एवं कवि अशोक बाजपेयीका बीच अन्तरसंवादसमेत समेटिएको थियो। कार्यक्रममा सरुभक्तले मुख्य वक्ताका रुपमा नेपालमा कविताको अवस्थाबारे बोलेका थिए।

कार्यक्रममा राजेन्द्र भण्डारी, देवकी तिमिल्सिना, राजा पुनियानी, सुकुल प्रधान, रामलाल जोशी, भुपेन्द्र अधिकारी, नवराज लम्साल, विष्णु गुरुंगलगायतले कविता वाचन गरेका थिए।

प्रतिकृया दिनुहोस