जापानको योकोहामामा म्यूजिकल नाईट हुँदै

  • Get News Alerts

जापानमा पहिलो पटक नेपालका चार चर्चित कलाकार सहितको बृहत म्यूजिकल नाईट हुँदै छ। अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू ईयर म्यूजिकल नाईट २०१७ हुने भएको छ।

सनराईज कर्पोरेशन र स्पाईस गार्डेनको संयुक्त प्रस्तुती रहने म्यूजिकल नाईटमा नेपालका ख्याति प्राप्त गायक तथा संगीतकार साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने गरी कार्यक्रम आयोजना गरिएको हो।

योकोहामा नेपाली ग्रुपको औपचारिक घोषणा कार्यक्रम समेत रहेको अभियन्ता तथा कार्यक्रम संयोजक हरी सापकोटाले बताए। जापानको योकोहामामा आयोजना हुने सो सांगीतिक कार्यक्रममा पाप गायक सुगम पोखरेल, नविन भट्टराई तथा गायक/संगीतकार तारा प्रकाश लिम्वु र नायिका नम्रता सापकोटा जापान आउने भएका छन। जापानमै रहेका लोक गायक सूर्य खड्काको पनि प्रस्तुती रहनेछ।

प्रतिकृया दिनुहोस