पर्यटन प्रर्वद्धनका लागि जापानमा नेपालको प्रचार

  • Get News Alerts

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जापानबासी नेपालीको पहलमा टोकियोसहित प्रमुख १२ स्थानमा आइतबार प्रचारात्मक पदयात्रा गरिएको छ। जापानस्थित नेपाली राजदूतावासको विशेष सहयोग र गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा राजधानी टोकियोमा गौतम बुद्धको जन्मथलो लुम्बिनी हो र सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश जापानी, अङ्ग्रेजी र नेपाली भाषामा दिइएको थियो।

ढाका, टोपी र दौरासुरुवालमा सजिएका युवकहरूले सगरमाथा र लुम्बिनीको तस्बिर बोकेरै ‘अतिथि देवो भवः’ भन्दै जापानीलाई नपाल भ्रमण गर्न निम्ता दिए।

कार्यक्रममा नेपाली राजदूतावासका कावा राजदूत कृष्णचन्द्र अर्यालले स्वदेशप्रति माया र सद्भाव देखाउँदै विदेशमा भएका नेपालीले नेपालमा पर्यटन प्रर्वद्धनका लागि गरेको प्रचारप्रसारको प्रतिफल छिट्टै देखिने आशा व्यक्त गरे। कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले समृद्ध नेपालको निर्माणमा प्रवासी नेपालीको पहल महत्वपूर्ण हुने बताए।

प्रतिकृया दिनुहोस