कोरियाले आक्रमण गर्ने हल्लाले जापानमा बंकरको बिक्रि बढ्यो

  • Get News Alerts

उत्तर कोरियाले परमाणु हमला गर्ने डरबढेसँगै जापानमा घरमा जडान गरेर जमिन मुनि वस्न सकिने बंकरको बिक्रि बढेको छ। उत्तर कोरियासँग बाँकि बिश्वको बढदो दुरी र उत्तर कोरीयाले कुनै पनि बेला आणविक हतियारको प्रयोग गर्ने सक्ने हल्लाका कारण जापानमा बंकरको बिक्रि बढेको बताइएको छ।

हमला भएको खण्डमा जमिन मुनि वसेर बच्च सकिने गरि निर्माण गरिएको बंकरको बिक्रिले जापानमा उँचाई लगेको जापानिज समाचार माध्यमहरुले उल्लेख गरेका छन्। प्रधानमन्त्री सिंजो आवेले संसदमा बोल्दै कुनै पनि उत्तर कोरियाले जापानमाथी बिसालु ग्यास हमला गर्न सक्ने बताएपछि बजारमा सुरक्षाका लागी निर्माण गरिएको बंकरको बिक्रि बढेको हो।

जापानका केहि कम्पनिहरुले आणबिक हमला हुन सक्ने भन्दै बंकर सहितका घरहरुको समेत बिक्रि सुरु गरेका छन्। एन्टी न्यरक्लिय बंकर भवनका नामवाट केहि कम्पनिहरुले ब्यापार समेत सूर गरिसकेका छन्। सेल्टर कम्पनि निर्माण लिमिटेडका निर्देशक निसिमोटोले बताए अनुसार पहिलेको तुलनामा अहिले एन्टी बंकर माग १० गुणाले बढेको छ।

दैनिक उपभोग्य समानहरु सहितको ब्यवस्था गरिएको बंकरमा कुनै खतरा रेडियरटर युक्त ग्यास लिग भएको खण्डमा समेत बंकरमा सुरक्षित रहन सकिने बताइएको छ।

प्रतिकृया दिनुहोस