जापानमा नेपालीहरुको स्वास्थ्य समस्या र पहुँच सम्बन्धि प्रतिवेदन सार्वजनिक

  • Get News Alerts

जापानमा नेपालीहरुको स्वास्थ्य समस्या र पहुँच विषयक प्रतिवेदन सार्वजनिक भएको छ। जापानमा पछिल्लो समयमा नेपाली माझ विविध  स्वास्थ्य समस्या, अकाल निधन र आत्महत्या जस्ता घटना बढी रहेको छ। यसै परिप्रेक्षमा गैर आवासीय   नेपाली संघ, जापानले डा.विजय ज्ञवालीको संयोजकत्वमा स्वास्थ्य समस्या तथा पहुँच सम्बन्धि अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले गत मे १३ का दिन  गैर आवासीय  नेपाली संघ,जापानका अध्यक्ष सुदन थापालाइ आफनो प्रतिवेदन  बुझाएको छ।

अध्ययन समितिमा डा. प्रकाश शाक्य, डा. सन्दिप शाक्य, डा. दिपेन्द्र गौतम, डा . लक्ष्मी प्रसाद पराजुली, टाशी लामा, आनन्द कोइराला, बुद्दि घिमिरे र जनक बिक्रम शाही सम्मेलित थिए। अध्ययनको क्रममा सर्वसाधारण तर्फ ३५३ जना र ३३ वटा संस्थाले सहभागिता जनाएका थिए ्र त्यस बाहेक स्वास्थ्य भाषा अनुवादक, हेल्थ कोअर्डिनेटर, विषय विज्ञहरु सित पनि अन्तरवार्ता  गरिएको थियो। चौबिस पेज लामो प्रतिवेदनमा अध्ययन समितिले ७ बुंदे निष्कर्ष निकालेको छ र जसको आधारमा १० बुंदाको सुझाव तयार गरेको छ।

निश्चित संयन्त्रको  निर्माणः नेपाली राजदुतावास, एन. आर. एन. ए. जापान र विभिन्न सामाजिक संस्था मिलेर निश्चित संयन्त्रको  निर्माण गर्नु पर्ने सुझाव दिइएको छ। यस संयन्त्रले भाषा अनुवादक देखि नजिकको अस्पताल खोज्न सहयोग गर्ने छ। यस्तो संयन्त्रले  हप्ताको एक पटक निश्चित समय तोकेर टेलिफोन परामर्श चलाउन सक्छ। उक्त संयन्त्रले नेपालीहरुको स्वास्थ्य पहुँचमा राम्रो भूमिका खेल्न सक्छ।

प्रतिवेदनमा स्वास्थ्य भाषा अनुवादककालागि विभिन्न गैर नाफामुलक संस्थासित सहकार्य गर्न सकिने सुझाव दिइएको छ।  त्यसैगरि बिमा सम्बन्धि चेतलामूलक कार्यक्रम सन्चालन गर्नु पर्ने सुझाव दिइएको छ। अध्ययनको क्रममा सहभागी मध्ये २८ प्रतिशत  नेपालीले बिमा शुल्क नतिर्ने र कुनै पनि बिमा पनि नभएका नेपाली पनि भएको तथ्य सार्बजनिक गरेको छ।

जापानका कतिपय जापानी भाषा स्कूलले आफ्ना विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण नगर्ने समस्या गम्भीर रुपमा देखिएको छ। यो सम्बन्धमा नेपाली राजदुतावास र एन. आर. एन. ए. जापानले तुरुन्तै जापानको सम्बधित निकायको ध्यान आकर्षण गराउन जरुरि छ भएको प्रतिवेदनले औल्याएको छ।
जापान आउनु पूर्व जुन सुकै भिसामा आउने नेपालीले स्वास्थ्य जांच गराएर आउन अनिवार्यता नभए पनि जापान जानु भन्दा पहिले एक चोटि स्वास्थ्य जाँच गराउन प्रतिबेदनमा सुझाव दिइएको छ। जसले गर्दा रोगको समयमा पहिचामन भइ निको पार्न सकिन्छ।

जापानवासी नेपालीलाई लक्षित नियमित रुपमा स्वास्थ्य जनचेतना मुलक कार्यक्रम आयोजना गर्नु अपरिहार्य  देखिएको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य चेतनाको अभावमा केहि नेपालीहरु अत्यधिक मादक पदार्थको सेवन, कुनै पनि मानशिक समस्या देखा पर्ना साथ  अस्पताल नजानु, औषधिको सेवन नियमित नगर्नु, नेपालबाट औषधि ल्याएर प्रयोग गर्नु, अत्यन्त बढी श्रम गर्नु, खानपानको बेवास्ता गर्नु, पानी नपिउने आदि कारणले विभिन्न स्वास्थ्य समस्याहरु देखिने र केहिको मृत्यु भएको घटना अध्ययनको क्रममा पाइएको छ।

यस अध्ययनको क्रममा धेरै जनाले जापान आइसके पछि धुम्रपान र मध्यपानको सुरुवात गरेको देखिएको छ। यो क्रमलाइ रोक्न चेतनामूलक कार्यक्रम सन्चालन गर्नुपने सुझाव दिइएको छ।

जापानमा रहेको बिदेशीले प्राप्त गर्ने सामाजिक सुरक्षाको जानकारी दिएर सामाजिक सुरक्षाको प्रणालीमा नेपालीलाइ प्रवेश गराउनु अत्यन्त जरुरि भएको प्रतिव्यधनले औल्याएको छ।

बिदेशी भुमिमा भैरहेको आत्महत्यामा अर्को भूमिका मानशिक रोग सित सम्बन्धित मिथ्याले पनि ठुलो भूमिका खेलेको छ। लामो समय सम्म मानशिक स्वास्थ्य सित सम्बन्धित समस्या हुदा पनि उपचारमा नजाने नेपालीको सख्या उल्लेखनिय रहेको छ। तसर्थ मानशिक स्वास्थ्य सित सम्बन्धित सामाजिक मिथ्यालाइ हटाउन सबै पक्षले जनचेतना मुलक कार्यक्रम गर्नु जरुरि भएको प्रतिवेदनमा उल्लेख छ।

जापानमा नेपालीहरुको सख्या बढे संगै मनोसामाजिक समस्या बढेको देखिन्छ। अष्पस्ट सम्बन्ध, पारिबारिक समस्या, आर्थिक समस्या, बेरोजगारी, अल्कोहलिजम जस्ता समस्याका कारण मनोसामाजिक समस्या बढेको छ प्रतिवेदनले देखाएको छ। जसको कारण कतिपय गम्भीर अवस्थामा आत्महत्याका घटना पनि घटेका छन। यो समस्या निराकरणको लागि नेपाली राजदुताबास, एन आर एन ए जापान र अन्य संघ सस्थाले सहयोग संयन्त्रको बिकाश गर्नु जरुरि छ्र भएको सुझाव दिइएको छ।
जापानवासी नेपालीहरुको अभिमत संकलन मात्र गर्ने प्रयोजनको लागि गरिएको अध्ययन भएता पनि  यसले धेरै जापानवासी नेपालीको  छोटो समयमा विभिन्न विचार समेटन सकेको छ। यो अध्ययनको क्रममा विभिन्न तह, उमेर र भिसा भएका व्यक्तिले राम्रो सहभागिता जनाएका थिए। उक्त सर्वेक्षणमा सहभागीहरुले दिएका व्यक्तिगत सूचना र जानकारीहरुको  गोपनियतालाइ  पूर्णतया पालन गरिएको प्रतिवेदनमा उल्लेख गरिुएको छ।

यो अध्ययन भविष्यको लागि राम्रो आधार पत्र हुने कुरामा विश्वास गरिएको छ। यसले आप्रवासी नेपालीको स्वास्थ्यमा पहुँच र चेतना विस्तार गर्न भूमिका खेल्नेमा समेत  समितिको विश्वास रहेको जनाइएको छ।  


प्रतिकृया दिनुहोस