कोरिया पुगेका उर्जा मन्त्री भन्छन- 'जल बिद्युतमा लगानी गर्नुस सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ'

  • Get News Alerts

नेपाल सरकारका उर्जा मन्त्री जनार्दन  शर्माले कोरियामा रहेका नेपालीहरुलाई जलबिधुतमा ढुक्क भएर लगानि गर्न आग्रह गर्दै लगानी सुरक्षाको जिम्मेबारि  सरकारले लिने  बताएका छन्। 'बिदेशमा रहेका नेपालीहरुले जलबिधुतमा लगानि गर्ने इच्छा मात्र देखाउनुस सुरक्षाको ग्यारेन्टी अब सरकारले लग्छ।'

आइतबार राजधानी सोलमा कोरिया  स्थित नेपाली दुतावास तथा एन आर एन दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको 'नेपालको उर्जा बिकाशमा कोरिया बाट लगानी' बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा मन्त्री सर्माले नागरिक लगानि कोषबाट लगानिको सुनिस्चितता हुने भएकोले ढुक्क भएर जलबिधुत आयोजनाहरुमा लगानी गर्न कोरियामा रहेका नेपाली हरुलाई आब्हान समेत गरेका छन्।

बिगतमा निजि क्षेत्रहरुबाट कोरिया आएका योजना हरु पारदर्शी नभएको भन्ने प्रश्नको जवाफ दिदै मन्त्री शर्माले यो पटक आफुले सरकारी तबर बाटै लगानी सुरक्षाको योजना सहित कोरिया आएको हुनाले ढुक्क भएर जाजरकोटको जगदुल्ला जलबिधुत आयोजनामा लगानी गर्न सबैमा आनुरोध समेत गरे। उनले भने 'विदेशमा दुख गरि कमाएको पैसा एकातर्फ फजुल खर्च हुनबाट बच्ने र अर्को तर्फ बैधानिक बाटो हुदै स्वदेश भित्रिने साथै थोरै थोरै रकम लगानी गर्दा आफुलाई पनि त्यति  मर्का नपर्ने र भबिस्यको लागि केहि रकम बचत पनि हुने भएकोले  ढुक्क भएर लगानी गर्नुहोस।'

कार्यक्रममा उर्जा बिशेषज्ञ कृष्ण प्रसाद शर्माले नेपालमा जलबिधुतको सम्भावना र उर्जाको भबिष्य वारे स्पस्ट पारेका थिए।

 

प्रतिकृया दिनुहोस