अमेरिकाले सिरियामा जस्तै उत्तर कोरियामा आक्रमण गर्न नसक्नुको कारण के हो?

  • Get News Alerts

विश्वमा बढ्दो आतंकवाद तथा आणविक हरियार परिक्षण बिरुद आक्रामक बन्दै आएको अमेरिकाले एक्कासी सिरिया माथि आक्रमण गरेपछि अबको टार्गेट उत्तर कोरिया माथि हुन सक्छ भन्ने धेरैको अनुमान रहदै आएको छl ठुलै संख्यामा अमेरिकि  सैनिक तथा युद्वतोप हरु  कोरियाली प्रायद्वीपमा तैनाथ हुन थालेपछि उत्तर कोरियामाथि आक्रमणको थप  संकेत भने देखा परेको देखिन्छl

त्यस्तै उत्तर कोरियले पनि अमेरिकासंग थप तनाब बढ्न थालेपछि राजधानी प्योंगयांगलाइ बम सेल्टर बनाउने भन्दै ६ लाख भन्दा धेरै मानिस हरुलाई  राजधानी  छाडेर अन्यत्र सर्न निर्देशन समेत दिएको बताइन्छl यी सबै गतिबिधिलाइ नियाल्दा अब अमेरिका आक्रमणको अन्तिम तयारीमा हो कि भन्ने सहजै अनुमान गरिएता पनि हाल सम्म कुनै आक्रमण गर्न  सकेको भएको छैनl

गत शनिवार उत्तर कोरियाली  संस्थापक नेता कि इल सुङ को १०५ औं जन्मोत्सव मनाउने क्रममा विश्वलाइनै चुनौती दिनेगरी राजधानी  प्योंगयांगमा  गरेको सैन्य शक्ति प्रदर्शन लाइ अन्तर्राष्ट्रिय जगतले निकै महत्वका साथ हेरेको थियो l सैन्य शक्तिको रबैया भनेर धेरै अन्तर्राष्ट्रिय मिडिया हरुले टिप्पणी  समेत गरेका थिए l धेरैको अनुमान थियो कि अब फेरी अर्को विश्व युद्व हुन् सक्छ  अथवा अमेरिकाले सिरियामा जस्तै आक्रमण गरिहाल्छl तर यथार्थमा बिषय भने फरक छ l सबैले अनुमान गरेबमोजिम अमेरिकाले त्यति सजिलै उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण भने यस्तो छ l

चीनसँगको सन्धि

जुलाई १७ सन् १९५३ मा  कोरियाली प्रायद्वीपमा चिन र अमेरिका बीच संयुक्त राष्ट्रसंघको रोहबरमा  युद्व रोक्ने सन्धि भएको थियो l यदी अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्यो भने चिनले पनि संयुक्त राष्ट्रसंघको नियम लाइ उल्टाउन सक्ने सम्भावना प्रबल देखिन्छ 

सिरिया र उत्तर कोरिया बीच के भिन्नता छ ?

सिरिया संग आणविक हतियार छ भन्ने अनुमान गरिएतापनि अहिले सम्म त्यस्तो ठुलो परिक्षण गरिसकेको छैन l उत्तर कोरियाले भने अन्तर्राष्ट्रिय जगतलाई देखाउने गरि अहिले सम्म ५ वटा आणविक परिक्षण गरिसको छ l यधपि सबै परिक्षणहरु  सफल भए नभएको  हाल सम्म प्रमाणित भएको भने छैन l केहि ब्लेस्टिक मिसाइल हरु असफल भएपनि धेरै जसो लामो दुरीको मिसाइल हरु भने सफल भएको दावी गर्दै आएको छ l उत्तर कोरियाले यहि हिसाबले आणविक हतियारको बिकास गर्दै जाने हो भने अबको ४ बर्षमा अमेरिकालाइ समेत हान्न सक्ने गरि अन्तर महादेशीय मिसाइल तयार गर्न सक्ने अनुमान गरिएको छ l

चीनले उत्तर कोरियालाई किन साथ दिइरहेको छ ?

सन् १९६१ सालमा चिन र उत्तर कोरिया बीच सहायता र सहयोग मैत्री सन्धि (Sino-North Korean Mutual Aid and Cooperation Friendship Treaty) भएको थियो l जसानुसार दुवै देशमा कुनै बाहिरी आक्रमण भएमा एक ले अर्कोलाई बाध्य रहेने  भन्ने सम्झौतामा उल्लेख छ l यो सन्धिको अबधि सन् २०२१ सम्म मात्र रहने छ l यति मात्रै होइन यदी आक्रमणको कारणले किम जोन को सत्ता समाप्त भएमा धेरै जसो  उत्तर कोरियाली हरु शरणार्थीको रुपमा चिन प्रवेश गर्नेछन l चिनले उत्तर कोरियालाई जियो पोलिटिकल धरातलमा रहेको  एउटा बफर क्षेत्रको रुपमा लिने गरेको छ l 

जापान र दक्षिण कोरियाको धारणा

जापान र दक्षीण कोरियापनि गैह्र सैनिक बिकल्पकै पक्षमा रहेको देखिन्छ l दक्षिण कोरियाको राजधानी सोल उत्तर कोरियाको सिमाना वाट मात्र २८ किलोमिटरको दुरीमा छ l यदि अमेरिकाले उत्तर कोरिया माथि आक्रमण गर्यो भने त्यसको असर दक्षिण कोरियाको राजधानीमै पर्न जान्छ l  सम गार्डनर , अमेरिकी रिटायर बायु सेना महासेनानीले  एटलान्टिक  पत्रिकालाइ  अन्तर्वार्ता दिदै भनेका छन् "यदी उत्तर कोरिया संग युद्व भैहाल्यो भने अमेरिकाले २४ घण्टा पनि सोल को सुरक्षा गर्न सक्तैन "

यतिमात्र होइन सन् १९९४मा योंगबोंङ्ग मा उत्तर कोरियाले बम बिस्फोट गराउदा तात्कालिन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले भनेका थिए कि यदी अब उत्तर कोरिया संग युद्व भयो भने अन्तिम पटक कोरियाले जापानको उपनिवेश वाट  मुक्ति पाउन लडेको लडाई भन्दा पनि भयानक हुने छ l यी कारणले गर्दा पनि दक्षिण कोरिया शान्तिकै पक्षमा दखिन्छ l

श्रोत कोरिया टाइम्स 

प्रतिकृया दिनुहोस