कोरियन महिला आरोहीले १ सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने

  • Get News Alerts

अन्तर्राष्ट्रिय  पुरस्कार विजेता कोरियन महिला आरोही किम जाइनले विश्वकै छैठौ अग्लो लोट्टे वर्ल्ड टावर बिना साधन चड्ने उद्घोष गरेकी छन्। १ सय २३ तल्ला रहेको उक्त टावरको उचाई ५ सय ५५ मिटर छ। यही आउँदो शनिबार दिउँसो ११ बजे उक्त टावर खाली हात आरोहण गर्ने बताएकी किमलाई मानव माकुरो भनेर चिनिने गरिन्छ।

उनको आरोहणलाई कोरियाका बिभिन्न टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।

सन् २००९ देखि  यता २५ वटा अन्तर्राष्ट्रिय आरोहण पुरस्कार तथा ११ बाट एशियन च्याम्पेन्सिप बिजेता किमले सन् २०१३मा बुसानमा रहेको १ सय २८ मिटर अग्लो के एन एन टावर तथा राजधानी सोलस्थित म्यान्दोङको ८४ मिटर अग्लो लोट्टे डिपार्टमेन्टल स्टोरको सफल आरोहण समेत गरेकी छन्।

त्यस्तै गत डिसेम्बरमा चीनमा भएको एउटा इभेन्टमा संसारको सबैभन्दा  खतरनाक आरोहण गर्ने पहिलो माहिलाको रुपमा उनलाई लिएको थियो। उनले सन् २०२० मा   टोकियोमा हुने ओलम्पिकमा थपिने आरोहण इभेन्टमा पहिलो पटक  प्रतिशपर्दा गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस