ट्रम्पद्वारा उत्तर कोरियाप्रतिको नीतिमा फेरबदल

वासिंगटनले उत्तर कोरियाप्रतिको ४ वटा नीतिलाई अन्तिम रुप दिएको छ। सैन्य आक्रमण भन्ने कुनै पनि शब्द नलेखिएको उक्त नीतिमा उत्तरकोरियासँगको परमाणु गतिरोध अन्त्यका लागि वार्ताका सम्पूर्ण ढोका खुल्ला राखिने बताएको छ।
अमेरिकी राज्य विभागका उत्तर कोरियाली नीति सम्बन्धी विशेष प्रतिनिधि जेसेफ युनले दक्षिण कोरियाली प्रतिपक्षी पिपुल्स पार्टीका नेता किम क्वाङ योंङसँगको भेटमा उक्त खुलासा गरेका हुन्। यद्यपी उत्तर कोरियाप्रतिको नीति केही साता पहिलेनै पास गरिएको भएता पनि चर्को दवाबपछि मात्र बाहिर आएको दक्षिण कोरियाली समाचार माध्यमहरुले जनाएका छन्।
पछिल्लो पटक सार्वजनिक गरिएको ४ नीतिमा कम्युनिस्ट देशलाई रसायनिक हतियार भण्डारणको रूपमा नलिने, सम्पूर्ण दबाब सिर्जना गरि आणविकिकरणलाई निरुत्साहित गर्ने, सत्ता परिवर्तनको लागि दबाब नदिने तथा वार्ताबाटै सम्पूर्ण गतिरोधको अन्त्य गर्ने आदि कुरालाई समावेस गरिएको छ।
विशेष प्रतिनिधि जोसेफले भने, ‘यद्यपी बार्ताबाटै तनाव अन्त्य गरिने भनिए पनि उत्तर कोरियाले आफ्नो आणविक ब्यवहारमा परिवर्तनको प्रतिबद्धता ल्याउनुपर्छ,’ उनले अगाडि भने, ‘पहिलो प्राथमिकता भनेको उत्तर कोरियालाई निसस्त्रीकरणको लागि दवाब सिर्जना गर्नु हो।’
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर