उत्तर कोरियाद्वारा जापानको सीमा नजिकै  फेरि अर्को क्षेप्यास्त्र परीक्षण

  • Get News Alerts

उत्तर कोरियाले केही छोटो दूरीको ब्लेस्टिक मिसाइल परीक्षण गरेको छ। सोमबार बिहान ५ बजेर २९ मिनेट जाँदा उत्तरी प्रान्तको वोंसानदेखि प्रक्षेपण गरिएको उक्त मिसाइल ४ सय ५० किलोमिटर दुरी पार गरि पूर्वी तटको समुद्रमा खसेको सैन्य अधिकारीलाई उदृत गर्दै दक्षिण कोरियाली समाचार माध्यमले जनाएका छन्।

दक्षिण कोरियाली नव निर्वाचित रास्ट्रपति मुन जे इन ले सत्ता सम्हालेपछि उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो। उत्तरले गरेको परीक्षणको जानकारी लगत्तै दक्षिण कोरियाली सुरक्षा परिषदको आपद्कालिन बैठक बसेको छ।

जापानले भने उक्त स्काड सि  किसिमको मिसाइल  आफ्नो  सामुद्रिक क्षेत्रमा खसेको दाबी गरेको छ। यद्यपी कुनै क्षति भने नभएको बताएको छ।

अमेरिकी प्रसान्त कमाण्डले एउटा  वक्तब्य प्रकाशित गर्दै छोटो दुरीको उक्त  मिसाइल पूर्वी तटको समुन्द्रमा खस्नुअघि करिब ६ मिनेटसम्म आकाशमा उठेको पुष्टि गरेको छ।

गत साता मात्र वासिंगटनले  उत्तर कोरियाप्रतिको ४ वटा लचिलो नीति सार्वजनिक गर्दै संवाद बाटै गतिरोध अन्त्यको लागि ढोका खुल्ला राखिएको बताएको थियो।

प्रतिकृया दिनुहोस