कोरियाको जेजु टापुमा रहने विदेशी कामदारमध्ये नेपालीको संख्या सबैभन्दा उच्च

  • Get News Alerts

कोरियाको जेजु टापुमा काम काम गर्दै आइरहेका बिदेशी कामदारमध्ये नेपाली कामदारको संख्या सबैभन्दा उच्च रहेको छ।

त्यहाँको  स्थानीय रोजगार केन्द्र (नोदंबू) ले  प्रकाशित गरेको एक तथ्यांक अनुसार  मे  २५ तारिखसम्म कुल ८ सय ६० जना प्रवासी कामदार मध्ये नेपालीको संख्या २ सय ६८ रहेको छ। अवैध कामदारको संख्या भने  तथ्यांकमा समावेश नगरिएको बताएको छ।

त्यस्तै दोस्रो स्थानमा  रहेकको कम्बोडियनको संख्या १ सय ६५  छ भने  १ सय २० जनाको संख्यामा रहेको इन्डोनेसिया तेस्रो स्थानमा छ। अन्य देशका कामदार हरूमा म्यानमार ९६ भियतनाम ७६  श्रीलंका ४३ तथा ३४ जना थाईल्याण्डका कामदारहरू रहेका छन्।

वैधानिक कामदारको संख्या थोरै भए पनि सन् २०१६ सम्म विश्वका  ५८ देशका ९ हजार १ सय ८३ कामदार अवैधानिक रहेको जनाएको छ। जसमा अवैधानिक  चिनियाँ कामदारको संख्या भने सबैभन्दा उच्च रहेको छ।

वैधानिक कामदार मध्ये २ सय १६ जना कम्पनि तर्फ छन् भने ४ सय १९ जना कृषि तथा २ सय १३ जना कामदार मत्श्यपालन तर्फ रहेको बताएको छ।

प्रतिकृया दिनुहोस