तपाइको कम्प्युटरका लागि कस्तो पेनड्राइभ किन्ने?

  • Get News Alerts

पेनड्राइभ आजभोली बिद्यार्थी, व्यापारी,कर्मचारी सबैको आवश्यकता भैसकेको छ। सधै झोलामा कागज पत्र बोकिराख्नु भन्दा बारम्मार चाहीने सबै डकुमेन्ट स्क्यान गरी पेनड्राइभमा बोक्ने चलन सामान्य भैसकेको छ। पेनड्राइभ एक प्रकारको बिद्युतिय तरंगमा डाटा भण्डार गर्ने फ्ल्यास ड्राइभ हो। यसमा कागज पत्रहरु स्कायान गरेर डिजिटल कपि, फोटो, भिडियो, सफ्टवयर आदी भण्डारण गरेर एक डाँउबाट अर्को ठाँउमा स्थानान्तर गर्न, प्रिन्ट गर्न सकिन्छ।

नयाँ पुस्ता देखि पुराना पुस्ताका सबैले रुचाएको कम्प्युटर प्रबिधिको जमानामा कहाँ कति बेला कुन काज चाहिने हो थाहै हुदैन त्यसैले पेनड्राइभ किन्ने तपाँइ पनि सोच बनाउदै हुनुहुन्छ भने निम्नकराहरु ध्यन दिनु उपउक्त हुन्छ। 

साइजः

सबै भन्दा पहिलो कुरा हुन्छ पेनड्राइभको साइज। सजिलो भाषामा यसलाइ बुझाउनु पर्दा सानो झोलामा थोरै र ठूलो झेलामा धेरै कागज बोक्न मिले जस्तै यसमा पनि ठूलो साइजको पेनड्राइभमा धेरै डाटा र सानो साइजकोमा थोरै डाटा अट्छ।

साइज भन्नले यसको आकारलाइ जनाउदैन। पेनड्राइभको साइजलाइ एम.बि., जी.बि, र टि.बि एकाइमा नापन्छि। १ हजार २४ एम.बि. बराबर १ जीबि हुन्छ र १ हजार २४ जीबि बराबर १ टि.बि. हुन्छ। यहाँ तपाइले जति बढि साइजको पेन्ड्राइभ किन्नु हुन्छ त्यति धेरै डाटा राख्न सकिन्छ।

आफुले कति सम्मको टाडा सामान्य तयाँ बोक्नु पर्ने हो त्यो निश्चित गर्नु पर्छ। आफ्नो कागज पत्रहरुको कपि मात्र बोक्नु पर्ने हो भने ५ सय १२ एम.बि सम्मको पेनड्राइभ पनि प्रायाप्त हुन्छ यदि तपाँइले केहि फोटो थोरै भिडियो पनि बोक्न चाहनुहुन्छ भने एउटा एचडि म्युजिक भिडियो एभरेजमा ७ सय  एमबि, एउटा डिजिटल फोटो एभरेजमा ५ एमबि र एउटा टेक्सट डकुमेन्ट २ सय केबि (१०२४ केबि बरार १ एमबि) को हुने गर्छ ।

दुइचार वटा फुल एचडि भिडियो र केहि फोटो पनि राख्न चाहनुहुन्छ भने २ देखी चार जीबि सम्म को उपयुक्त हुन सक्छ। तर पेनड्राइभ हरुको मुल्यमा सानो साइज र ठूलो साइजमा खासै अन्तर नहुने हुदा एभरेजमा ८ देखी ३२ जीविको किन्दा बढि उपयुक्त हुन्छ। 

फाइल ट्रान्सफ स्पिडः

साइज पछि ध्यान दिनु पर्ने कुरा यसको डाटा ट्रान्सफर गर्ने स्पिड हो। कम्प्युटरबाट पेन्ड्राइभ मा डाटा वा पेनड्राइभको डाटा कम्प्युटरमा तान्दा समय लाग्ने गर्छ। पेन्ड्राइभमा डाटा ट्रान्सफर गर्ने स्पिडलाई मेगाबाइट पर सेकेन्ट एकाइमा नापिन्छ। पेनड्राइभको रिडिङ स्पिड र राइटिङ स्पिडलाइ ध्यान दिनु पर्छ। जती बढि स्पिड भयो त्यती छिटो डाटा अप डाउन गराउने भएको हुदा ट्रान्सफर गर्दा लाग्ने समय बचतहुन्छ। 

पेनड्राइभको जेनेरेसनः

एकाइसौं सताव्दिको सुरुवात तिरै बाट फ्ल्यास ड्राइभको विकाश हुन सुरु गरेको भएता पनि यसले आफ्नो तिन पुस्ता पार गरिसकको छ। पुस्ता भन्नले यसको संकरण लाई जनाउछ नयाँ संकरणमा पुरनो भन्दा परिमार्जन गरि थप सुबिधा तथा काम गर्ने गति उच्च बनाइएकोहुन्छ।

पहिलो पुस्ताको पेनड्राइभ संन २००० मा आइबिएम र ट्रोक ट्क्नोलोजीले फ्लपी डिस्कलाई बिस्तापनगर्दै ८ एमबि डाटा भन्डारण गर्न मिल्ने पेनड्राइभ बनाइ ब्यापारीक रुपमा बेच्न सुरुगरेका थिए। त्यस पछि संन २००३ बाट यु.एस.बि. २.० नाम दिई सेकेन्ड जेनेरेसनका पेनड्राइभ उत्पादन र बिक्रि हुना थालेका थिए उक्त सेकेन्ड जेनेसनका पेनड्रायभ पहिलो जेनेरेसन भन्दा २० गुण छिटो टाडा ट्रन्सफर गर्ने र क्यापासिटि पनि बढायर एम.बि. र जी.बि.का पेन्ड्राइभहरु उत्पादन भएका छन्।

त्यस्तै संन २००८ बाट यु.एस.बि ३.० नाम दिर्ई तेस्रो पुस्ताका पेनड्राइभहरु पनि उत्पादन हुन सुरु भएको देखिन्छ। यु.एस.बि ३.० सुरु भए पछि पेनड्राइहरु जी.बि देखि टेराबाइट टी.बि. सम्म एकाइमा उत्पादन भैरहेकाछन् भने यिनको कामगर्ने गति यु.एस.बि २.० भन्दा झण्डै २० गुण छिटो कामगर्न सक्ने बनाइएको छ। त्यसैले पहिले पुस्ताको भन्दा दोस्रो पुताको र त्यो भन्दा राम्रो तेस्रो पुस्ता अर्थात यु.एस.बि २.० भन्दा ३.० को पेनड्राइभ किन्नु राम्रो हुन्छ र संन २०१५ बाट युएसबि ३.१ टाइप सि नाम दिई चौथो पुस्ताका पेनड्राइभहरु पनि बजारमा आइरहेका छन्। युएसबि ३.१ को रिड राइट स्पिड करिब ५३० मेगाबाइट पर सेकेन्ड हुन्छ। 

टिकाउपन र मुल्यः

पेनड्राइभ किन्दा ध्यान दिनै पर्ने अर्को कुरा टिकाउ पनि हो। कुनै कम्पनिले धेरै ग्यारेन्टी वा वारेन्टी दिन्छन् भने कुनैले कम दिन्छन्। ग्यारेनटी र वारेन्टीमा झुक्किनु पनि हुदैन ग्ग्यरेन्टी भनेको बिभिन्न सर्तहरु राखेर यति सम्म टिक्छ भनेर कम्पनिले गर्ने दाबि हो भने वारेन्टी भनेको लिखित रुपमै कम्पनि वा आधिकारीक बिक्रेताले यति सम्म टिक्छ वा केहिभयो भने निशुल्क मर्मत गरदिने वा त्यस्तै अर्को बस्तुदिने लिखित रुपमै सम्झैता पत्र दिइनछ। त्यसैले आफुले किन्ने पेनड्राइभको वारेन्टीको बारेमा बुझ्नु पर्छ।

सोही जेनेरेसन र क्षमाता र स्पिडका पेनड्राइभ अन्यअम्पनिहरुले कति मुल्यमा उपलब्ध गराउछन्, आफुले किन्न लागेको प्नड्राइभ ब्रान्डेड कम्पनिको भए केहीमहंगो हुन सक्छ अन ब्रान्डेड भए सस्तो हुन्छ। ब्रान्डेड कम्पनीहरुले आफ्नो प्रतिस्टा जोगाउन भए पनि कमसल बस्तु उत्पादन सकेसम्म उत्पादन गर्दैनन्। 

यसका साथै ध्यान दिनु पर्ने अन्यकुराहरु पनि छन। सानो र पातलो लाई राम्रो मान्ने हाम्रो चलन हुन्छ तर यो सधै लागु नहुन सक्छ पातलो पेनड्राइभ युएसबि पोर्टमा सधै फिट नहुन पनि सक्छ वा डाटा ट्रान्सफ भैरहेको समयमा कनेक्सन छोड्न सक्छ।

धेरै ठूला पनि राम्रो नहुन सक्छ सामान्यतथा युएसबि पोर्ट हरु नजिकै हुने भएको हुदा ठूला ठूला पेनड्राइभ संगै जोड्न नमिल्न पनि सक्छ। आजभोली पेनड्राइभ हरु मोबाइलमा पनि जोड् मिल्नेआएका छन्। यदि आफ्नो मोबाइलमा पनि बारम्बार प्रयोगगरिरहु पर्छ भने एन्ड्रोइड वा आइफोन मा फिट खाने मल्टि पोर्ट भएको पनि किन्न सकिन्छ। आर्को कुरा यो पनि ध्यान दिनु होलाकी आफ्नो पेनड्राइभमा भएका डाटा सुरक्षित हुन जरुरी छ त्यसैले उच्च सेकुरिटि फिचर भएका पेनड्रइभहरु पनि बजारमा पाइन्छन् त्यस्ता पेनड्राइभ हरुमा फोल्डरहरुमा पासवर्ड लगाउन वा पेनड्राइभमै लक सुबिधा पनि हुन्छ त्यस्तो भए झनै राम्रो। 

बिस्व चर्चिट एक वेबसाइट टपटेन रिभ्यु डटकमले २०१७ को लागि यिनिहरुको फिचर र गुनस्तरलाई आधारमानि १० पेनड्राइभ कम्पनिको नाम सार्वजनिक गरेको छ। पहिलोबाट क्रमश. स्क्यान डिस्क, लेक्जार, किङ्स्टन, ट्रान्सकेन्ड, सोनी, लासेइ, भेरबाटिन, अडाटा, पिएनवाइ, मुसिन्क रहेका छन्। 

 

प्रतिकृया दिनुहोस