७५ वटा देशमा फैलिएर नेपालमा २९ अर्व लगानी गरिरहेको एनआरएनलाई आउनुस अझैं बलियो बनाउ

  • Get News Alerts

डायस्पोरा प्राचीन ग्रीस भाषाबाट उत्पत्ति भएको शब्द। इसा पूर्व पाँचौँ शताव्दी यसको ग्रीसेली अर्थ थियो। छरिनु, फैलनु र छुट्टिनु। पछि ब्याबिलोनमा यहुदीहरूको अवस्थाभन्दा पछि यसको धार्मिक अर्थ, ईश्वरको इच्छाले फेरि जम्मा हुनसक्ने गरी छरिएका यहुदीहरू भयो।

इसाको प्रथम शताव्दीमा यसको  क्रिश्चियन अर्थ थियो। धर्म प्रचारकालागि संसारका विभिन्न ठाउँमा पुगेका बीज मानवहरू वा धार्मिक यात्राको क्रममा छरिन जानेहरू। फेरि सोह्रौ शताव्दी सम्म आईपुग्दा यस शब्दलाई अल्पसङ्ख्यक  अर्थ लाग्ने जसरी प्रयोग गरियो जस्तो कि क्याथोलिक भूभागमा बस्ने प्रोटेस्टेन्ट वा प्रोटेस्टेन्ट भूभागमा बस्ने क्याथोलिकलाई डायस्पोरा भनिन थालियो। उन्नाइसौँ शताव्दीको शुरूमा देशभित्रकै बसाइ सराइको अर्थमा ‘कन्फेसनल माइनोरिटज’ रूपमा प्रयोग गरिएको यसलाई सन् १९६० भन्दा पछि अन्तर्देशिय र ग्लोबल बसाइ सराइको सन्दर्भमा डायस्पोरा शव्दको प्रयोग हुन थाल्यो।

अहिले विश्वमा डायस्पोराको निर्माण, विस्तारता झन झनै बढदै गईरहेको छ। विज्ञान, प्रविधि एवम् आधुनिकीकरणले संसार  साँघुरिदै गहिरहेको छ। शिक्षा, सीप र समृद्धि खोज्दै विदेसिने कुराहरू सामान्य वनिरहेकोछ।हालसालै यूएनले निकालेको प्रतिवेदनले भारत संसारको सबैभन्दा ठुलो डायस्पोरा भएको मुलक देखाएको छ। करिव सत्र मिलियन जनसंख्या देश वाहिर छ। त्यस्तैमेक्सिको,रसिया,चाईना,वंगलादेश,पाकिस्तान,युक्रेन,फिलिपिन्स, सिरिया क्रमश भारत पछिका ठुला डायस्पोरा भएका मुलुकहरु हुन।

सो प्रतिवेदनमा सिरिया पछि दशौ स्थानमा भएको यूकेको करिव पाँच मिलियन जनसंख्या डायस्पोरा भएको देखाएकोछ। यसरी हेर्दा आर्थिक रूपमा सम्पन्नता भएका भएका देशको ठुलो हिंस्सा देश वाहिर रहेको देखिन्छ भने विकासशील ,विकासन्मुख,गरिब,युद्धग्रस्त,राजनैतिक स्थीरता कायमा नभएका देशहरूवाट आर्थिक अवसर,धार्मिक  एवम्  राजनैतिक स्वतन्त्रता सम्पन्नताको खोजी,शान्तीपुर्ण जीवनयापनको लागी ठुलो हिंसा जनसंख्या देश भन्दा बाहिर देखिन्छ।

यसरी  निर्माण र विस्तार हुने डायस्पोराबाट नेपाल पनि अछुत छैन। यस्को पनि इतिहास लामो छ। बुद्धको धर्म प्रचारको अभियानदेखि शुरू भएको मानिन्छ नेपाली डायस्पोरा। लिच्छिवी कालमा तिब्बतको सँगको व्यापारिक एवम् साँस्कृतीक सम्बन्ध वलियो वनाउन नेपालकी चेली भृकुटीले तिब्बती राजासँग वैवाहिक सम्वन्ध गाँसेकी थिईन।

प्राचिनकालमा तिब्बत र चीनमा कला,सँस्कृतिको विकास गर्न तथा श्वेतचैत्य तयार गर्न वोलाईएको थियो नेपाली कलाकार अरनिकोलाई। यिनीको प्रतिभावान क्षमताको कदर गर्दै चीन सरकारले उनलाई वस्तुकला विभागको प्रमुख पद ९मन्त्रिसरहको पदमा नियुक्त गरेका थिए भन्ने कुराहरू ईतिहासमा पढन पाईन्छ। फेरि वेलायतको नरउईचमा रहेको ईस्ट एंगला विश्वविघालयका डेभलवमेन्ट ईस्टडीज बिषयका प्राध्यापक डेविड सेडनको १ जनवरी २००५ मा माईग्रेशन पोलिसीडट ओआरजीमा प्रकाशित आलेख अनुसार नेपालमा १९ औ शताब्दीको शुरूदेखि बैदेशिक रोज़गारको क्रममा पहाडी क्षेत्रका मानिसहरू पंजावको उत्तरी क्षेत्रमा रहेको लाहोर तिर माईग्रेशन भएका थिए भन्ने उल्लेख गरेका छन।जसलाई गोर्खा माईग्रेडेट भनिदो रहेछ र उनिहरू सिंख राजा,  रंजित सिंहको राज्यकालमा सैनिकको रूपमा आर्मीमा भर्तिभएका थिए।

फेरि उनिको आलेखमा उल्लेख भए अनुसार गोर्खा क्षेत्रमा लडाई सकिए पछि सन ब्रिटिश ईस्ट ईण्डिया ९१८१४ देखि सन १८१६०ले गोर्खाजहरूको संख्या बढाउने काम गरयो।जून अहिले लाहुरे संस्कृतिको रूपमा विकास भएको छ।फेरि भारतको अछाम र दार्जिलिङमा चिया वगानको बिकास सँगै नेपाली कामदारको माग उच्च रहयो।पहिलो र दोस्रो विश्व युद्दमा गोर्खाजहरूको माग झनै बढ्यो। फेरि श्रमिक एन १९८५ लागु भएपछि नेपाल सरकारले बैदेशिक रोजगारीको लागी अनुमति दियो।यसपछि निजी क्षेत्रबाट बैदेशिक रोजगारी लैजान थालियो। गल्फ लगायत खाडी राष्ट्रहरूमा श्रमिकहरू जान थाले नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएकाछन्।

अहिले पछिल्लो समयमा शिक्षाको लागी विद्यार्थीहरू दिन प्रति दिन वाहिरी रहेका छन।यसरी नेपाली डायस्पोरा हाल सम्म आउदै गर्दा यो झन झनै विस्तारित हुदै गहिरहेको छ। देशमा विगतमा भएको द्धन्द्ध, राजनैतिक अस्थिरता ,वेरोजगारी आदी कारणबाट जन्म भूमि कर्म भूमि हुन सकेको छैन। कम्तिमा पनि एक परिवारको एक सदस्य डायस्पोराको सदस्य जस्तो भईरहेको अवस्था सृजना भईरहेकोछ।

फेरि यसरी डायस्पोरा वृद्धि सँगै क्रमश मातृभूमिको सामाजिक,आर्थिक एवम साँस्कृतिक हितका लागी विशुद्ध सामाजिक उद्देश्य बोकेका संघसंस्थाहरू एकपछि अर्को गठन भएको देखिन्छ विभिन्न देशमा। सन् १९६० ताका बेलायतमा त्यहाँ अध्ययन गर्न आएका केही विद्यार्थीहरूले पशुपतिशमशेर राणा अध्यक्षतामा स्थापना गरेको यती नेपाली एसोसिएसन युके। नै त्यहाँको सबभन्दा जेठो नेपाली संस्था मानिन्छ। 

त्यस्तै नेपालमा स्वास्थ्य एब शिक्षा क्षेत्रमा अतुलनीय सहयोग पुर्याउदै  आएको करीब ४२ बर्ष अगाडि स्थापना भएको नेपाल अमेरिका सोसाटी अमेरिकाको क्यालिफोर्नियाको लसएञ्जलसमा रहेको नेपाली समुदायको सबै भन्दा पुरानो संस्था मानिन्छ। त्यस्तै ३५ बर्ष पुरानो एन्मा र २५ बर्ष पुरानो नासा अमेरिकामा रहेका नेपालीहरुका पुराना संस्थाहरू मानिन्छ। यहि भावना अनुसार अरू मुलुकहरुमा पनि नेपालीहरूको संघ संस्थाहरु खुलेको पाईन्छ।

फेरि डायस्पोरामा नेपालीका लागी नेपाली ,एक पटकको नेपाली सधैको नेपाली जस्ता नाराहरू दिएर सन २००३ मा स्थापना गरियो गैर आवासीय नेपालीसंघ अर्थात एनआरएन। यसको परिकल्पना रूसमा भए पनि त्यसलाई जन्म दिएर न्वारन गर्ने काम सन् २००३ मा बेलायतमै भएको मानिन्छ।

शुरूमा परिकल्पनाकारहरू उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास, राम थापालगायतले एकअर्कासँग जोडिन थालिएको यस अभियान हाल ७४ देश सम्म पुगिसकेको छ भने यसले नेपालमा भौतिक संरचना, रोजगारी निर्माणलगायत क्षेत्रमा राम्रो उपस्थिति देखिएको छ।

आर्थिक पत्रकारको संस्था सेजनले सन् २०१४ मा गरेको एक अध्ययनअनुसार नौ जिल्लामा मात्र सन् २०१४ को अन्त्यसम्ममा करिब २९ अर्ब ८५ करोड लगानी भएको देखिएको छ। उनीहरूको सो लगानीबाट करिब आठ हजारभन्दा बढी रोजगारी सिर्जना भएको मानिन्छ। वि स २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका वेला पनि नेपालमा आएर राहतको काममा खटिएर सबैको मन जितेको एनआरएन आफ्नो प्रतिबद्धता अनुरूप ‘हजार घर बनाउने’ अभियानमा लागेकोछ।

मुलुकमा आपतकालीन स्थिति पर्दा सहयोग गरेको देखिन्छ। भूकम्प र नाकाबन्दीका समयमा भूकम्प प्रभावितलाई निःशुल्क उपचार तथा तीन करोडबराबरको औषधि वितरणजस्ता कुराले पनि नेपालीको मन एनआरएनएले जितेको थियो। विभिन्न कठिनाइका सामना गर्दै एनआरएनले अहिले जेजति गरिरहेको छ, त्यो प्रशंसनीय नै छ।साँचो अर्थमा देशको विपत्तीमा यसले गरेको कामहरूवाट मातृभुमिको अवैतनिक दूत वनेकोछ।

फेरि यसरी केन्द्रले काम गरेता पनि केन्द्र जस्तो क्षेत्र हुन सकेको छैन।फेरि क्षेत्र जस्तो बिभिन्न राष्ट्रहरूमा भएका एनआरएन हुन सकेका छैनन। अहिले एनआरएन अमेरिकामा चुनावले तातेको छ। चुनावी माहौल नियाल्दा यसले यहाँको नेपालीहरुलाई छुन सकेको देखिदैन। एनआरएन अमेरिकाको पाँचौ साधारण सभामा पहिलो पटक सार्वजनिक गरिएको प्रतिवेदन अनुसार अमेरिकामा दुईलाख ५१ हजार नेपालीहरु देखिन्छ। तर निर्वाचनमा भाग लिने मतदाताको संख्या न्यून नै देखिन्छ।

संस्थाले नेपालीहरूलाई सदस्यता लिनको लागी आव्हान गरेको छ। तर यहाँ रहेका नेपालीहरूमा चासो देखिदैन। विभिन्न राष्ट्रहरूमा भएका एनआरएनले नेपालीलाई नेपालसँग जोड्ने काममा प्रयास जति गर्नु पर्ने हो उति गरेको देखिएको छैन। यसकारण नयाँ पुस्ता एनआरएन आन्दोलनमा समाहित हुन कठिन देखिन्छ। फेरि आमसञ्चार र सामाजिक सञ्जालले हामीलाई एकसूत्रमा बाँधिसक्दा पनि एकले अर्कोलाई अप्ठेरोमा सहयोग गर्ने वातावरण बनाउन नसक्नु विभिन्न देशहरूका क्षेत्र,राज्यहरूमा भएका एनआरएनहरूको कमजोरी देखिन्छ।

नेपालमा अहिले विभिन्न संस्थाहरूको चुनाव संसदीय चुनाव भन्दा पनि महड्गो र खर्चालु हुदै गएको देखिन्छ। एनआरएनले पनि उहि विकृतिलाई आत्मासाथ गरेको देखिन्छ। यसकारण पनि एनआरएन भन्नाले  पैसावाल, उद्योगी, व्यापारी र राजनीतिक खेलाडी भन्ने मात्र अर्थ खोज्नेहरूलाई मलजल हुनेकाम भईरहेकोछ।

साँचों रूपमा मातृभूमिको हितमा योगदान गर्ने हो भने यसमा परिश्रमी, श्रमजीवी, विद्यार्थी, वैज्ञानिक, समाजशास्त्री, आदि नेपालीहरूलाई पनि संस्थाभित्र सक्रिय रूपमा समाहित गर्ने प्रयत्न हुन जरूरीछ। यसरी प्रश्नहरु गरिरहदा प्रश्नहरु हामी तिर पनि उठनेछन।

फेरि यस्तो हुनुमा दोष हामी पनि देखिन्छौ। फेरि साँचो कुरा के हो भने यसमा हाम्रो चासो नहुनु विदेशमा रहेका राजनीतिक दलहरुको संगठनहरुको एनआरएनमा परेको प्रभावलाई निस्तेज पार्न नखोज्नु हो। फेरि केहि  नियतपूर्वक संस्थाको खोलमात्रै ओढेर झोलामा अफिसमा, खल्तीमा डलर राख्ने उद्देश्यले खोलिएका संस्थाहरूलाई बढावा दिनु हो। लाग्छ यसरी दर्शकहरू थोरै हुनु जाल झेलले वढवा पाउनु हो।

सबै यसरी चुपचाप परेर सुत्दा पद,प्रतिष्ठाको लोभमा गलत नियत भएकाहरूले आफ्नालाई पैसा खर्च गरेर सदस्य वनाएर माथी उठन खोज्नेहरूलाई हौसला दिनु हो। अहिले एनआरएन अमेरिकामा चुनाव हुदै छ। अर्थात खेल हुदै छ।यस खेललाई प्रतिष्ठित वनाउन दर्शकहरूको आवश्यक हुन्छ। दर्शक घेरै हुने वित्तिकै आफै पार्दशिता हुन्छ।त्यस्मा घुसपैठ हुन सक्दैन। फेरि संस्था मजबुझ पनि हुन्छ। साँचो अर्थमा संस्था हाम्रो हो वनाउनै पर्छ। यसकारण राम्रा कामको लागी  गति दिन  यसलाई हाम्रै साझा संस्था बनाउनको लागी हामीले सदस्यता लिनु जरूरी हुन्छ।

एनआरएन अमेरिका सानो थोपा हो।आख़िर थोपा थोपा मिलेर नै  पानी वन्ने नै हो। भारत र चीन जुन राष्ट्रहरू अहिले आर्थिक समृद्ध तिर लम्किरहेका छन त्यसमा उनिहरूको डायस्पोराको ठुलो योगदान रहेकोछ। एउटा चिनियाँ उखान छ मलाई पारि जान त्यो परको पहाडले छेकेको होइन, मेरो जुत्ता भित्रको सानो ढुंगाले हो।

भोली हाम्रा विदेशमा जन्मेका सन्ततिहरूले हामीलाई यो प्रश्न नगरून। एनआरएन भन्ने वित्तिकै नेपालमा नेपालीहरूको बिम्बमा शेष घले तुरून्तै आउछन। कारण एउटै छ। देशमा भुकम्प गएर सरकार हराउदा यि तुरुन्तै प्रभावित ठाँउमा राहत लिएर पुगे। यिनीको कर्मभूमिको नयाँवर्ष मनाउन हाम्रा मातृभूमिका खर्बपतिहरु विदामा बस्दा यि लाप्राकमा पुनर्निर्माणमा खटिरहे।यसकारण पनि यिनी मातृभूमिका संकटका दूत हुन। यसरी आफै मात्र नभईकन देशको महा विपत एवम संकटको घडीमा देशको दूत बनेको यो संस्था अव मातृभूमिकोलागी आर्थिक, सामाजिक एवम साँस्कृतिक विकासमा पनि दुत हुनै पर्छ। सवैले हेक्का राख्नु पर्नेकुरा के हो भने शान्तिका दुत भगवान गौतम बुद्द। नेपालकी चेली भृकुटी। कलाकार अरनिको। राजा जनकी छोरी सिता। डायस्पोराका दूतहरू हुन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस