नेपालीलाई अमेरिकामा..

  • Get News Alerts

नेपालीलाई अमेरिकामा बस्नुको मजै अर्को

अफिसमा बसी घरि घरि फ़ेसबुक हेर्नुको मजै अर्को ।

फ़ेसबुकको फ़ोटो हेर्दै नहेरी लाईक गर्नुको मजै अर्को ।

 

स्टोरमा कुपन भिड़ाई सपिङ गर्नुको मजै अर्को ।

क्रेडिट कार्डमा ऋण चढ़ाई सामान थुपार्नुको मजै अर्को ।

कस्टकोमा एउटै स्याम्पल दोहोर्‍याई तेहर्‍याई खानुको मजै अर्को।

एउटै सामान किन्दै फिर्ता गर्दै गर्नुको मजै अर्को ।

 

जमघटमा मार्गारिटा पिउँनुको मजै अर्को।

त्यही जमघटमा बलिउड ड्यान्स गर्नुको मजै अर्को ।

अमेरिकामा बसी नेपालको कुरा काट्नुको मजै अर्को ।

नेपालका नेताहरूलाई गाली गर्नुको मजै अर्को ।

नेपालीलाई अमेरिकामा बस्नुको मजै अर्को ।।

प्रतिकृया दिनुहोस