जन्मभूमिका लागि काम गर्ने हुटहुटी मलाई पनि छ

  • Get News Alerts

सन १९०१ देखि सन १९०९ सम्म अमेरिकाको शासन गरेका २६ औ राष्ट्रपति थियोडेर रुजवेल्टले एकपटक भनेका थिए- 'आरामका जिन्दगी बिताएकाहरुलाई हाम्रो इतिहासले सम्झदैन।' रुजवेल्टले भनेझै आरामका साथ बिताएको जिन्दगी देख्ने नचाहने देशमा छौ भने अन्यको नजरमा चाँही संसारको ड्रिमल्याण्ड अमेरिकामा छौ।

अहिले मलाई लाग्छ हामीले दु:ख गरेर पछिको जीवन आराम साथ विताए पनि इतिहासले सम्झने छैन। वास्तवले हामीले सम्झने काम जवसम्म गर्दैनौ। ईतिहासले हामीलाइ सम्झनका लागी समाज, समुदाय र आफ्नो जन्मभूमिको लागी उत्तरदायित्व वहन गर्नै पर्छ। यसै प्रसङ्गमा स्वेट मार्डनले भनेका छन- 'मान्छे जन्मदै समाज, राष्ट्र एवम् संसारप्रतिको जिम्मेवारी बोकेर आएको हुन्छ।' यसकारण पनि मानिसहरू यस जिम्मेवारी बहन गर्न सामाजिक संघ-संस्थाहरूमा आवद्धता हुन्छन।

माथि उल्लेख गरेको झै यि कुराहरूले मलाई पनि छुन्छ। अर्थात हाम्रो समाज र जन्मभूमिको लागी राम्रा कामहरू गरौ भन्ने हुटहुटिले छुन्छ। यसरी आफ्नो अन्तर आत्माको आदेशलाई पुरा गराउन व्यक्तिगत रूपमा गरिएका सेवाहरूले त्यति प्रभाव नहुने हुदाँ सामुहिक या संस्थागत रूपबाट गरिनु उपयुक्त लाग्ने हुदा नै सामाजिक संस्थाहरूमा आवद्धता होईन्छ भन्ने मेरो बिश्वास हो।

प्रवासमा रहेर सामाजिक संस्थाहरूमा आवद्धता हुनको निम्ति गैर आवासिय नेपाली संघ (एनआरएनए) नै उपयुक्त संस्था हो भन्ने मेरो दृढ बिश्वास हो। प्रवासमा रहेका कुनै पनि नेपाले यो बिश्वासलाई गुमाउनु हुँदैन। एनआरएनए नेपाली डायस्पोराको ठुलो संस्था हो। जसको नेपाल बाहिर ७५ देशमा अस्थित्व छ।

अहिले यहि एनआरएनए एनसिसि अमेरिकाको नेतृत्वको निम्ती चुनावको माहौल बनिरहेकोछ। फेरि रूजवेल्टले भनेझै आरामको जीन्दगी नबिताउन अर्थात ईतिहासले सम्झने बनाउन मैले पनि निर्वाचनमा लडने योजना बनाएकी हुँ।

मलाई के लाग्छ भने जो आफै व्यक्तिगत जीवनमा निकै व्यस्त हुन्छ उसले यस संस्थालाई गतिशील वनाउन संभव हुदैन। यस मानेमा म व्यवसाय तथा अन्य सामाजिक संस्थाहरूमा संग्लनता भएता पनि सामाजिक कार्य मेरो धड्कन मात्र नभई जीवनको पनि एउटा पाटो भएकोले फुर्सदिलो नै छु।

जोसँग समय छैन उसले कसरी सामाजिक सेवा गर्न सक्छ?

कुनै संस्थाहरूमा गुट, उपगुट अनि सानोतिनो राजनीति छिर्छ त्यस्ता संस्थाहरु अधिवेशनको बेला मात्र बर्षाको खहरे खोला हुन्छन भने अनि बिस्तारै कार्यकालमा हिउदे खोला झै सुक्छन। यसकारण पनि यसलाई हिउदमा पनि नसुक्ने खोला बनाउनु अहिलेको आवश्यकता हो।

व्यक्तिका क्षमता र सिपलाई देश, भूगोल, परिस्थितिले सिमित राख्दैन। प्रवासमा रहेका नेपालीहरुले यि सिमाहरु भत्काएर प्रशस्त योगदान गरेका छन्। यसलाई अझ सशक्त रूपमा अगाडी बढाउन एउटा फलाम जस्तो बलियो र दिगो सेतुको आवश्यकता हुन्छ। यसर्थमा पनि सत्य के हो भने एनआरएनए संस्था एनआरएनहरू र नेपाललाइ जोडने सेतु पनि हो। वास्तवमा अमेरिकामा रहेर व्यक्तिगत सफलता हात पारेर या कुनै संस्थाको नेतृत्वमा रहेर सेतु बनिएन भने यसको कुनै अर्थ नै हुदैन। फेरि उही सेतु कसरी बन्ने भन्ने प्रश्नहरु आउछन।

एउटै व्यक्ति दुइ-तीन पटक या पटक-पटक फर्कदिमा संस्था राम्रो हुन्छ भन्ने होइन। आफ्नो एकै कार्यकालमा उत्कृष्ट नतिजा देखाउएर आफ्नो उत्तराधिकारीहरुको सफल बिकास नै सही अर्थमा काम गर्ने व्यक्ति या सफल व्यक्ति हो। यसको अर्को पाटो यथास्थितिमा फेरि रोल खोजेर कक्षामा फेल भएर पटक-पटक दोहोरिनु या दोहोरिन खोज्नु भनेको पदको भोगीहुनु हो।

वास्तवमा अमेरिकामा रहेका नेपालीहरूले यस्ता प्रवृतिहरूलाई बुझेर उचित मूल्यांकन गर्नुपर्ने बेला आएको छ। अनि मात्र काम गर्ने जोशका साथ संस्थामा आउन खोज्ने माथि न्याय हुनेछ। अन्यथा पदलुप्ताहरुको चुनौतिको थुप्रो छ लाग्ने छ र काम गर्ने सफल व्यक्तिहरुको प्रतिनिधित्वको अन्त हुने छ। यस्तै प्रवृतिका कारण नै दशकौ पुराना संस्थाहरुको प्रगति भन्दा उधोगति बढेको छ।

विचारक जोन मेसनले के भनेका थिए, 'अल्छिहरु आधा जिन्दगी के गर्ने भनेर सोची सोची बर्बाद गर्छन् र बाँकी आधा जिन्दगीमा ती कुरा किन गर्न सकेन भनी व्याख्या गर्दै बर्बाद गर्छन्।' गरिमामय ईतिहास बोकेको यस संस्थालाई वर्वाद गर्ने समय म हरेर वस्न चाहन्न। त्यसैले मरो उम्मेदवारि यसपालीको अध्यक्षमा।

प्रतिकृया दिनुहोस