आमालाई फेसबुक  देखाउनुस्

  • Get News Alerts

आमालाई

मिठाइ ख्वाए ख्वाउनुस् नख्वाए नख्वाउनुस्,

उपहार ल्याए ल्याउनुस् नल्याए नल्याउनुस्,

वृद्धाश्रममा भेट्न गए जानुस् नगए नजानुस्,

हँसाए हँसाउनुस् नहँसाए नहँसाउनुस्,

गुन लाए लाउनुस् नलाए नलाउनुस्,

पिडामा मल्हम लगाउनुस् या नलगाउनुस्,

तर फेसबुक देखाउनुस्

 

आज

मातातिर्थ औंशी

आमालाई तिर्थ लैजानुस् चाहे नलैजानुस्,

तर फेसबुक चाँही देखाउनुस्

आज

आमाको मुख हेर्ने दिन

अघिपछि आमाको मुखै नहेर्नेले

भनौँ, हेर्नै नचाहनेले,

अथवा हेर्नलाई यही दिन कुरेर बसेकाले

त झन

आमासँग आँखामा आँखा

मिलाए मिलाउनुस् नमिलाए नमिलाउनुस्

जसको लागि

जसको नाममा

समय र शब्द खर्च भए

उनै सम्म पुर्‍याउनुस्

दुनियाँलाई देखाए देखाउनुस् नदेखाए नदेखाउनुस्

टाढा हुनेले

एक कल फोन लगाए लगाउनुस नलगाए नलगाउनुस

फ़ेसबुकको पहुँच हुने छरछिमेकीलाई गुहार लगाउनुस

आमा ढुक्क हुनेछिन्

आमालाई फेसबुक देखाउनुस्

प्रतिकृया दिनुहोस