विदेश भूमिबाट नेपालीले देखाउने माया जायज हो कि ढोंग?

  • Get News Alerts

देशमा केहि गर्न नसकेर अथवा ठुलो भाग कमाउन बिदेसिएकाले किन नेपालको बारे बोल्नु,  ढोगी बन्नुर?  देशमा बसेर पाखुरा चलाए के हुन्न थियो? २/४ दिन भाको छैन विदेश गएको खुब सिकाउछन त्यस्ता कुरा गर्नेले नेपालमै आएर कुरा गर, हामीलाई यहि भाकै छ। डलर पचाउनेहरू र राष्ट्रियता बेचुवा राष्ट्रभक्तिका ढोंगीहरु, गाइ पाल्नु बाख्रा पाल्नु तरकारी खेति गरे सुन यहि फल्छ किन विदेश जानु? आदि इत्यादि बिदेशमा बसेर नेपालका बिसयमा चासो राख्ने हरेक नेपालीलाइ लाग्ने प्रतिनिधि आरोप मात्र हुन।

२८ बर्से दाजु  घरमा ४  महिनाको भक्खर खित्का छोड्न थालेकी छोरी लाइ छोडेर विदेशको ४०/५० डिग्री घाममा बेल्चा हान्न रहरले पक्कै जादैन होला गए पनि बस्दैन थियो होला? ४० बर्से दाजु अनुहार भरि मुज्जा परिसकेकी ८० पारि पुगेगी, रोगि आमाको टिलपिल गह भरि आसु बिर्सेर र कतारमा भेडा चराएर  मस्ती गरिरहेको छैन होला ३४ बर्से दाइले ४ बर्से नाबालकलाइ ४ चोटी प्रवेश परिक्षामा सामेल गराउदा नि भने जस्तो राम्रो स्कुल भर्ना गर्न नसकेर विदेश भासिनु पाप जय रु २५ वर्ष ठिटो बिहे गरको ३० दिन  भित्र मलेसिया रहरले जादैन होला? कुनै पनि  नेपालीलाइ आफ्नो जवानी बेचेर, रहरहरुलाई पशुपतिमा दाग बत्ति दिएर साउदीकोमरुभूमि के सितलता मिलेको होला?

४/५ पटक सम्म लोकसेवाको जातीय तथा क्षेत्रियमा पिल्सिएका बेला अमेरिका यूरोपमा छात्राब्रिद्दि पाएर पढ्न जानु उसले देश के प्रति आघात गर्यो त? हरेक छेत्रमा चरम अनियमिता, राजनीतिक हस्तक्षेप्, सहन नसकेर ऋण काटेर छोरा छोरीलाई राम्रो शिक्षा पाऒस भनेर अस्ट्रेलिया पठाउनु ती बाबु आमाको भुल होला त? चरम राजनैतिक हस्तक्षेप, बेरोजगारी, बैदेशिक लगानी नभित्रिनु उच्च मुल्य बृदि, अबसरको खोजिले धेरै  नेपाली आगनबाट लाखौ युवालाइ विदेश धकेलेको छ। 

कथा सबैका उस्तै हुदैनन् कोहि रहर बिदेश आएर बाध्यतामा बसेका होलान कसैको ऋणको भरिले थिचेको होला कसैलाई परिस्तिथि र ब्यबहारले मिचेको होला, कसैको धुरी कस्क्नु छ होला कसैको मुरी किन्नु छ होला, कसैको सिदुर किन्नु छ होला कसैका छोराछोरीलाइ आफ्नो पसिनाले उनीहरुको मुस्कान किन्नु छ होला र जसको जस्तो कथा भए नि विदेश जाने रहर हुन सक्ला तर बिदेशमै बस्ने कदापी रहर हुदैन्र के विदेशमा बसेका नेपालीले आफैमात्र धुरी कसे होलान? के विदेशमा बस्नेले आफ्नो आगन मात्र चिल्लो बनाए होलान त?

किसानले आफ्नै देशमा दुख गरेर अन्न फ़लाउछ तब बजार भाउ पाउदैन, मग्सिर पाकेको धान मंसिरमै सिमा पारि पुराएर त्यही धान चामल बनेर चैत बैशाखमा आउदा देश खोक्रो भाको देख्ने न कुनै नेता छ न कुनै कर्मचारी नेता त करिब औठा छाप नै छन् कर्मचारी पनि तिनै नेताका भरौटा अधिकांसलाइ कसरि कमाउने भन्ने मात्र छ?

अर्थ्मत्रालय काम गर्नेलाइ देशको अर्थ व्यवस्थाको ज्ञान हुदैन होस् पनि कसरि कि त त्यो व्यक्ति कुनै नेता काजीको भजन बाट त्यहा पुगेको छ कि त लोकसेवाको परिक्षामा पृथ्बी नारायण शाहको जन्म मिति जानेर पुगेको छ। बिसयगत तथा ब्यबहारिक ज्ञान बिहिन व्यक्ति हरुको नेतृत्व रहुन्जेल धेरै नेपाली बिदेशिनु पर्ने छ।

२०४८ साल अघि सम्म नेपालको गरिबी ७०% कोप हाराहारीमा थियो,  अहिले त्यो घटेर २५% मा आउदै  गर्दा घटेका गरिबी मध्ये ८०/९०% रेमिटान्स बाट आउने स्रोत घटाएको छ, जुन योगदान कुनै राजनैतिक ठेकदारको देन हैन तपाइले कमाई र पसिनाको एक एक अंस तपाइले देशलाई गरेको आर्थिक योगदान हो।

तपाइको पसिनाले देशको अर्थतन्त्र डुब्न बाट जोगाउदै हुनुहुन्छ। आयकर भ्याट, र सेवाकर गरेर नेपालले ३ बिलियन जति आय गर्दै गर्दा नेपालमा पुग्ने बिदेसी मुद्रा ६ बिलियन योगदान गर्छ।  बिदेशी लगानी भित्रिने क्रममा गिरावट आइरहदा पनि ७०% बढी नेपालमा हुने बैदेशिक लगानीमा बिदेशमा बस्ने नेपालको लगानी छ। हुनत रेमिटान्स यति गर्यो उति गर्यो भनेर भन्नुमा तुक छैन जसले देशको स्वार्थ र बिकाशमा सयोग पुराउन नसक्ला तर देशको आर्थिक घाटा भने कम गर्न मद्धत पुराएकै छ। 

देशका युवा बिदेशमा पलायन हुनु आफैमा जटिल समस्या हो, आर्थिकरुप जति सुकै योगदान गरेपनि सामाजिक, सास्कृतिक, र राजनैतिक क्षेत्रमा नराम्रो असर गरेको छ। धेरै खरका पानीचुहिने छानाहरु आज जस्ता पातले ढाकिए पानी मन ढाक्ने ब्यक्तिको अभाब  झन् बढ्न थालेको छ। सामाजिक ब्रिकृति र राजनैतिक कुसंस्कारले जग हालीसकेको छ। बेथिति र बेरोजगारीले झन् भन्यो झन् धेरै युवालाई दैनिक विदेश धकेलिरहेको छ।

नेपालका अरबौ माथिका ह्याइड्रोमा २०/२५ औ गुणा बढीको लगानी नेपालकै लगानी कर्ता बाट जुटी रहदा नेपालका ठुला लाभदाएक बिधुत परियोजनामा बिदेशी गुहारेर लाइसन्स ओगटनुको सट्टा कसरी रेमिटान्सलाइ त्यस्ता लाभयुक्त प्रोजेक्ट लगानी गराएर लगानी कर्ताको दिर्घकालिन आय स्रोत सिर्जना गर्ने सकिन्छ भन्ने बिषयमा सबैको ध्यान जान सके अहिलेको बढ्दो विदेशिने समसस्या घट्न सक्छ।

राज्यलाई पनी दिर्घकालिन सयोग हुने छ। नेपालमा राम्रो लगानीको बाताबरण सिर्जना हुन सके, बिदेशमा बस्ने युवालाई हाइड्रो तथा टुरिजम तिर आकर्षिक गर्न सकेमा पनी धेरै हद सम्म विदेशिने क्रम रोकिन्छ। बिदेशमा बस्ने कुनै पनि नेपालीले बिदेसीकै सेवा सुबिधा हेर्दैनन।

कम्तिमा पनि गरेको व्यक्तिले नेपालमा आएर १० कक्षा ४ चोटी उत्तानो खाको  नेता सग २५००० तलबको भिख माग्ने ब्यबस्था बाट मुक्त भए धेरै शिप नेपाल भित्रिने छ। नेपालमा बसेर जति योगदान गर्न सकिन्थ्यो त्यति नगरे पनी देशको बारेमा घात, द्रोह भने पक्कै गरिएको छैन। त्यसैले नेपालका हरेक बिषय चासो र खबरदारी  गर्नु हाम्रो अधिकार मात्र हैन कर्तब्य पनी हुन् आउछ।

 

 

 

प्रतिकृया दिनुहोस