एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरूको सार्वजनिक बहस कतिको सान्दर्भिक?

  • Get News Alerts

अमेरिकामा सन १९६० सेप्टेम्बर २६ मा पहिलो पटक डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदार जोन एफ. केनेडी र  रिपब्लिक पार्टीका  रिचर्ड निक्सन बिच शिकागो शहरमा सार्वजनिक बहसको कार्यक्रम भएको थियो। जुन डिवेट चार राउण्डसम्म चलेको थियो। संसारको सबै भन्दा ठुलो प्रजातांत्रिक मुलुकमा यसरी राष्ट्रपतिय चुनावमा चल्दै आएको बहस सन २०१६ को राष्ट्रपतिय चुनावसम्ममा आईपुग्दा तिन राउण्डसम्म पुगेको देखिन्छ। सायद यसैको सिको गर्दै एनआरएनए एनसीसी अध्यक्ष पदका प्रत्यासीहरुको बहस कार्यक्रम चलिरहेको छ।

वास्तवमा अति नै सह्रानिय कदम हो। तर यसरी सिको गरिरहदा यो समय सान्दर्भिक छ कि छैन? बास्तवमा यसको विश्लेषण गर्न जरूरी हुन्छ। विभिन्न पत्रकारहरूको संघ संस्थाहरू एवम गैर सरकारी सामाजिक संस्थाहरुको आयोजनमा गत अप्रिल देखि शुरू भएको डिबेट कति श्रृंखलासम्म पुग्ने हो कसैलाई थाहा छैन। विभिन्न अनलाईन मिडिया एवम सामाजिक संजालहरू नियाल्दा आगामी दिन डिबेट हुदैछ भनेर खबरहरू पढन पाईन्छ। वास्तवमा चुनाव हुने कहिले थाहा नै छैन तर डिबेट गरिहाल्नु पर्ने हतारो। वास्तवमा यो लाजलाग्दो दृश्य हो।

एनआरएनए एनसीसी अध्यक्ष पदका प्रत्यासीहरुले स्वीकार गरे पनि नगरेपनि उनिहरू  अहिले अर्थ न बर्थ गोविन्द गाई भने झै भएकाछन। फेरि बहस कार्यक्रम गर्ने आयोजकहरूलाई एकबारको जूनीमा हामी त अमेरिकन पो हौ भने जस्तो घमण्ड पनि देखिन्छ। के अहिले बहस कार्यक्रम गर्ने बेला हो त? फेरि उम्मेदवारहरुलाइ हरेक ठाँउमा बहस गराउनु कतिको सान्दर्भिक हुन्छ?

अमेरिकाको राष्ट्रपतिको सिको हो भने त्यो त अब भाबी राष्ट्रपतिको उमेरवार पक्का या आधिकारिक भएपछि मात्र गरिन्छ। त्यो पनि हरेक राज्यमा बहस गरिदैन। बढिमा तिन चार पटक सम्म बहस गरेको पाईन्छ। तर नेपाली डायस्पोरामा यो आलेख तयार गर्दा सम्म तिनपटक सम्म सम्पन्न भईसकेको बहस यहाँ रहेका नेपालीहरू बिच कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै भईरहेको छ।

उमेदवारको आधिकारिक रूपमा फिक्सनै भएको छैन, चुनावको ठेगान नै छैन कहिले हुने भनेर ? कता कता के पनि लाग्छ भने हामीले अहिले अनावश्यक रूपमा उमेदवारहरूलाई चाहिने भन्दा बढि यसरी गिथोलिरहदा भोली चुनाव भएर जिते भने  महजोडीको बहुचर्चित टेलिफिल्म ‘कान्तिपुर’का ‘वडाध्यक्ष’ हुनेछन।

समस्याको ताँती एकातिर छन तर यहाँ च्याउ उम्रेंसरीका बहसका आयोजकहरू मस्त निन्द्रामा घुँरेर अर्को तिर खाई न पाईको बहसको ढोल पिटिरहेका छन। एक पटक अध्यक्ष पदका प्रत्यासी कुनै एक जना उम् मेदवारको भनाई मिडियामा के आयो भने एनआरएन अमेरिका भित्र सिस्टमको खडेरी लागेको छ। वकिल जसले अरूका मुद्दा मामिला छिनोफानो गर्छ उहि नेतृत्वमा आउंदा संस्थामा मुद्दा मामिला आयो। फेरि डाक्टर जो बिरामीलाई निको बनाउछ उहि नेतृत्वमा हुँदा संस्थालाई नै बिरामी बनाउनु भयो। वास्तवमा यस संस्थामा गतिविधि हेर्दा यि उमेदवारले भनेका कुराहरू शत प्रतिशत सहि देखिन्छ। वास्तवमा यिनीहरू आफ्नो व्यक्तिगत जीवनमा सफल छन। आफ्नो व्यवसायमा पनि सफल अनि सच्चा समाजसेवीहरू पनि छन। देश दुख्दा रूनेहरू पनि छन। अमेरिकामा छिरेका नयाँ व्यक्तिहरुको लागी प्रेरणाको स्रोतहरू पनि हुन।

सदस्यता भेरिफिकेशन समितीमा बसेका सदस्य, आईटी विज्ञ, दिनेश शर्माले फिसिंङ्ग भएको कुरा एउटा भिडियो मार्फत प्रमाणित गरेका छन। कानुनको भाषामा यसलाई एउटा साइबर क्राइम मात्र होइन अरुको सुचना लिएर गर्ने अन्य धेरै कुराको अपराध हुनसक्ने कुरा मानिन्छ।

वास्तवमा सत्र हजार सदस्य भएकोमा भेरिफिकेशनले मेहनेत पूर्वक चौध हजारमा झारेकोछ। व्यक्तिगत जीवनमा जतिनै सफल भएता पनि संस्थामा छिर्दा यसप्रकारको झेली खेलले दुर्घटना निम्तने देखिन्छ। अहिले हामीले अमेरीकामा बसेर ठुलो कुरा नगरिकन नेपालमा अहिले सम्पन्न भएको पहिलो चरणको स्थानिय तहको निर्वाचनलाई हेरे हुन्छ। यस चुनावमा फोटोकार्ड लागु गरियो। पहिलो चरणको चुनाव सकिएर धमाधम नतिजाहरू आईरहेका छन। तर पहिलाका चुनावहरू झै झेली भयो,फर्जीमत खसे अनि अरूको नाममा भोट खसाले भनेर कहि कतै सुन्न पाईएन। यसको कारण एउटै थियो फोटो आईडी।

यहाँको राष्ट्रपतिका उमेदवारहरुको नक्कल गरेर बहस गर्नेहरूले पहिला मतदाताहरूको फोटोकार्ड बनाउ भनेर किन आवाज उठाउदैनन? तर यहाँ त पन्ध्र डलर सदस्यता शुल्क क्रेडिट कार्डबाट घोटिदिएर भोट पैसावालाको मुट्ठीमा भोट बैंक भएको अनुभूति छ। विज्ञान र प्रविधीले आकाश छोएको देशमा बसेर अपनाईएको यो विहारी शैली हो। हामी संसारको ठुलो एवम प्रजातान्त्रिक मुलुकमा आएर नेपाली डायस्पोरामा सोह्रौ सताब्दीको अभ्यास गरिरहेका छौ। भेरिफिकेसनबाट प्रष्ट हुन्छ कि नक्कली मतदाता खडा गरेर चुनावमा होमिन आएकाहरुसँग  हामीले बहस के को लागी गर्ने? प्रश्नहरु अनुत्तरित छन?

अहिलेको आवश्यकता सक्कली मतदाता बनाउनु पर्ने देखिन्छ। यसकोलागी गरिमामय ईतिहास बोकेको यस संस्थाले सदस्यता शुल्क पन्ध्र डलरे आईडी कार्ड बनाउनु पर्ने अनिवार्य देखिन्छ। अनि बल्ल प्रतिस्पर्धा स्वच्छ हुन्छ। अनि यसबेला बल्ल बहसको सार्थकता हुन्छ।नत्र यस्ता झेलीकुराहरु आँखा अगाडी देखि देखि चुपचाप मौन रहेर खाली बहसै बहस गराउनु नक्कली मतदाता बनाएर पदमा पुग्न खुट्टा तन्काएका पैसाबालाहरू चोख्याउनुहो।

नेपाल सरकार र एनआरएन स्वयमले एनआरएनको परिभाषा गरेका छन। यस परिभाषाले यहाँ पढन आउने विद्यार्थीहरू सदस्य हुन पाउछन कि पाउदैनन भन्ने तर्कहरू आफ्नै ठाँउमा होलान। तर यस देशको कानुनले विद्यार्थीहरू सदस्यता बन्न पाउने नपाउने कानुनले के भन्छ? यदि आफ्नो पदको लागी विद्यार्थीलाई सदस्यता बनाएर भोटर बनाउदै गर्दा यो कदम यहाँको कानुन विपरीत हुने र भविष्यमा विद्यार्थीहरूले यहि कुराले गर्दा संकट व्यहोर्न पर्दाको जिम्मेवारी को हुने बहस आवश्यक छ कि छैन? कुराहरू गम्भीर छन। फोटो आईडी विना यो चुनाब हुनु एनआरएनको  र आईसीसीको लागी ठुलो दुखको कुरा हो। यसकारण यो दुखको कुरा हुन्छ हिजो जुन कुराले मुद्दा पर्यो फेरि अहिले पनि त्यहि गर्नु भनेको चोरलाई लिस्नो बनाउनु हो। साधारण सभाले सदस्यता बनाउने एउटा म्यान्डेट दिन्छ तर बर्तमान कार्य समिति त्यसलाई बाई पास गरेर बनाएको यस्तो भद्रगोल सदस्यता बनाउछ।

साँच्चै यस एनआरएन अमेरिकामा देखिएको विवादलाई सदाको लागी अन्त्य गर्ने हो भने  नेपालमा अहिले प्रयोग गरिए झै मतदाता फोटो आईडीको यहाँ कपि गर्नुपर्छ। राम्रा कुराहरू अमेरिकाबाट मात्रै हैन नेपालबाट पनि कपि गर्न सकिन्छ। अहिलेको आवश्यकता पनि यहि हो।त्यस पछि बल्ल सक्कली मतदाताहरू बन्ने छन।गैंर कानुनी रूपबाट विहारी शैली अपनाएर मतदाताको भिड देखाउन भन्दा पनि कानुनी रूपबाट मतदाता हुन योग्यलाई सदस्यता आफै बन्ने बातारण गर्नुपर्छ ।अनि वल्ल आफै निर्वाचनको सुनिश्चिता हुनेछ र मतदानको दिन पनि फिक्स हुनेछ।

निर्वाचनको मिति फिक्स भईसकेपछि बनेका सक्कली मतदाताका उमेदवारहरुलाई लिएर गरिएको बहस हेर्न बल्ल पो रोचक एवम समय सान्दर्भिक पनि होला।

प्रतिकृया दिनुहोस