एनआरएनको नेतृत्व यसकारण खाडीमुलुकवाट हुनुपर्छ — टिवि कार्की

  • Get News Alerts

गैरआवासिय नेपाली संघको अध्यक्ष पदको दावी गर्दै वर्तमान उपाध्यक्ष टिवि कार्कीले सबैभन्दा बढी नेपालीहरु खाडी मुलुकमा रहेको र उपाध्यक्षको हैषियतले आगामी नेतृत्व आफ्नो हुनुपर्ने भन्दै उम्मेदवारीको घोषणा गरेका छन् ।
सातौ गैर आवासिय नेपाली संघको अन्तराष्ट्रिय सम्मेलन असोज २७ देखि ३० सम्म काठमाडौमा हुँदैछ । ‘घले सम्पन्न ब्यक्ति हुन तर, नेतृत्व दिन सक्ने ब्यक्ति होइन ।’ सेतोपाटीसँगको कुराकानीमा कार्कीले बताए ।


वर्तमान अध्यक्ष शेष घले लगायत कतारवाट वर्तमान उपाध्यक्ष टिवि कार्की र अमेरीकावाट रतन झाले एनआरएनको सातौ महाधिवेसनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरीसकेका छन् ।


भारतपछिको सबैभन्दा बढी कामदार र रेमीट्यान्स भित्र्याउने खाडी मुलुकले आगामी एनआरएनको नेतृत्व लग्नुपर्ने दावीगर्दै  कार्कीले बगाडी बताए ‘खाडीका विभिन्न मुलुकमा गरी २० लाख बढी नेपालीहरु रहेका छन् । एनआरएनको महत्व र आवश्यकता यसकारण खाडी मुलुकमा बढी छ ।’


एनआरएनमा आउने घनीहरुको नेतृत्वका कारण सामुहिक नेतृत्व धरासयी भएको बताउदै कार्कीले बताए ‘एनआरएनको नेतृत्व अमेरीका, अष्ट्रेलिया वा अन्य कुनै धनी देशले नै लिन पर्छ भन्ने छैन अहिलेको नेतृत्व कतारले लिनु पर्छ ।’
 

फोटोः कार्कीको फेसबुकवाट

प्रतिकृया दिनुहोस