कतारमा एक नेपालीको मुत्यु

  • Get News Alerts

बेनी नपा–१३ सोटा म्याग्दीका दिलबहादुर घर्ती मगरको कतारमा असामयिक निधन भएको छ। 
 
पाँच वर्ष अगाडि कतार आएका २८ वर्षीय घर्तीको घरायसी अवस्था कमजोर रहेको छ। घरमा श्रीमती, एक छोरा, एक छोरी, आमा, बाबा र तीन भाइबहिनी रहेका छन्। एक हप्तादेखि घर्तीको शव हमाद अस्पतालमा राखिएको छ। शव नेपाल पठाउने तयारी भइरहेको गैरआवसीय नेपाली सङ्घ कतारका मजदुर विभाग संयोजक प्रेम रसाइलीले जानकारी दिए। 
 
म्याग्दीवासीको साझा संस्था मोना कतार शाखाले मृतक घर्तीको परिवारलाई आवश्यक बीमालयागत राहत उपलब्ध गराउन यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई आग्रह गरेको छ। रासस 

प्रतिकृया दिनुहोस