आइएसआइद्वारा इरानको संसदमा आक्रमणः १२ जनाको मृत्यु ४२ घाइते

  • Get News Alerts

इरानको राजधानी तेहरानमा आतंककारी हमला भएको छ। बुधबार आक्रमणकारीहरुले इरानको संसद भवन भित्र र धार्मिक नेता आयोतुल्ला खुमेनाइको समाधि स्थलमा बन्दुक, बम र ग्रीनेटले आक्रमण गरेको सुरक्षा अधिकारिहरुले बताएका छन्। आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएको इरानका सुरक्षा अधिकारिहरुले बताएका छन्। आक्रमणमा संलग्न लडाकुहरुलाइ इरानी सुरक्षाकर्मीले गोली हानि मारीदिएको समाचार एजेन्सीहरुले बताएका छन्। पाँच जना संदिग्दहरुलाइ इरान प्रहरीले पक्रन सफल भएको छ।

आक्रमणको जिम्मा इस्लामिक अतिबादी समुह आइएसआइले लिएको छ। संसदमा आक्रमण गरिरहेको भिडियो फुटेज सार्वजनिक गर्दै आइएसआइले इरानमा थप आक्रमण गर्ने धम्कि पनि दिएको समाचार एजेन्सिहरुले जनाएका छन्। साथै आइएसआइले इरानमा रहेका बहुसंख्यक सिया मुस्लिमहरुमाथी आक्रमण गरिने चेतावनि पनि दिएको छ।

इरानमा आतंककारी हमला भएको यो पहिलो पटक हो। मध्ये पूर्वमा इरानलाइ अहिले सम्मकै सुरक्षित देशको रुपमा हेरिन्थ्यो। इरानमा आतंकारी समुहहरु नभएको र चारै तिर आफुलाइ सुरक्षित राख्न सफल देखिन्थ्यो इरान। तर आज भएको हमलाले इरान पनि अब सुरक्षि छैन भन्ने संकेत दिएको बिश्लेषकहरुको भनाइ छ।

यसै बिच इरानले यो आक्रमणमा साउदी अरबको हात भएको आरोप लगाएको छ। आरोपमा भनिएको छ साउदीले क्षेत्रिय सुरक्षामा जहिले पनि खलल ल्याउने गरेको छ। साउदी अरबले भने उक्त आरोप खन्डन गर्दै आफ्नो संलग्नता नरहेको बताएको छ। यो घटनाले रियाद र तेहरानको तनाव झन बढ्ने देखिन्छ। इरानको शक्तिशाली इस्लामीक रिभोल्युश्नरी गार्ड कर्पसले यो आक्रमणको बदला लिने पनि जनाएको छ।

इरानका धार्मिक सर्बोच्च नेता आयोतोल्ला अली खुमेनाइले यो आक्रमण एक उद्दण्ड कार्य भएको र यसलाइ छिटै खतम गरिने बताएका छन्।

 

फाेटाे: गुगल

प्रतिकृया दिनुहोस