कतारमा विदाका दिनमा एमआरपी बनाउन पाइने

  • Get News Alerts

हस्तलिखित पासपोर्टका आधारमा कतार आएर काम गरिरहेका नेपालीहरुले धमाधम मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाइरहेका छन् ।
 
एमआरपी बनाउनेहरुको भीड बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले शुक्रबारे विदाका दिनमा समेत सेवा प्रदान गर्न थालेको छ । गत शुक्रबारदेखि दिन थालिएको अतिरिक्त सेवा आगामी चैत्र ६ गते अर्थात् मार्च २० सम्म कायम रहने दूतावासले जनाएको छ ।
 
वैदेशिक रोजगारको शिलशिलामा कतार आउने नेपालीको संख्या ४ लाखभन्दा बढी पुगेको अनुमान गरिएको छ । आगामी नोभेम्वर २४ पछि हस्तलिखित राहदानी विश्वभर अमान्य हुने अन्तराष्ट्रिय नियमका कारण यतिबेला कतारलगायत विदेशस्थित नेपाली नियोगहरुमा एमआरपी बनाउने नेपालीहरुको भीड बढेको हो ।
 
कतारमा काम गरिरहेका कतिपय नेपालीहरुलाई एमआरपी बनाउनुपर्ने नियम थाहा नभएकाले दूतावासले कतारस्थित विभिन्न नेपाली संघ संस्थालाई एमआरपी प्रचार-प्रसार अभियान चलाउन आग्रह गरेको छ ।
 
दूताबासको आग्रहपछि कतारस्थित गैरआवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चले कतारमा प्रचार-प्रसारको समन्वय गर्ने भएका छन् ।
 
दोहास्थित टपर्फम रेष्टुरेन्टमा पत्रकारसँगको भेटघाटमा यी संस्थाहरुले कतारका विभिन्न स्थानमा पुगेर प्रसार-प्रचार गर्ने जानकारी गराइएको छ ।
 
आवेदन फारममा भर्नका लागि चलाइने अभियानमा संघसंस्थाहरुको सहकार्य रहे पनि दुतावास कर्मचारीको प्रत्यक्ष सहभागिता रहनेछ । कतारस्थित नेपाली दुतावासले मार्च २०१५ सम्म प्रचार प्रसार तथा आवेदन संकलन गरिसक्ने लक्ष्य लिएको छ ।
 
फारम संकलन गरिने स्थानहरु
 
एमआरपी फारम संकलनका लागि कतारको सनैया, सहेलिया, मुन्ताजापार्क, साहानिया, तरबारगेट, दुखान, बक्रा, होमसाईड र बसपार्क लगायतका विभिन्न स्थानहरुमा संस्थाका पदाधिकारी र दूतावासका कर्मचारीहरु खटिनेछन् ।
 
हस्तलिखित पासपोर्टको साटो एमआरपी बनाउन सचेतना जगाउने उद्देश्यले दुतावासले ४० हजार पम्प्लेट छापेर संघसंस्थाहरुलाई कार्यक्रममा हस्तारण गरेको छ ।
 
UAE ambesyकार्यालयसमय बाहेक पनि बिदाको दिन हरेक शुक्रबार बिहान ९ बजे देखि २ बजेसम्म दुतावासमा राहदानी संकलन गर्ने जानकारी गराइएको छ ।
 
आगामी २७ फेबु्रअरी ६, १३ र २० मार्च शुक्रबारका दिनहरुमा समेत दुतावासको प्राङ्गणमा एमआरमी आवेदन फारम संकलन गरिनेछ । मार्च २० पछि भने दुतावासले साविकबमोजिम नै राहदानी वितरण गर्ने जानकारी गराएको छ ।
केके चाहिन्छ कागजात ?
 
एमआरपी पार्सपोर्टका लागी राहदानी आवेदन फारम दुईप्रति, नेपाली नागरिताका प्रमाणपत्र, हस्तलिखित राहदानी र कतारको परिचय पत्र वा भिसाको फोटोकपी आवश्यक पर्छ।

 

प्रतिकृया दिनुहोस