मकवानपुरको फुटबल मैदानलाई एनआरएन कतारका पाँच लाख

  • Get News Alerts

मकवानपुरको छत्तिवन गाविसस्थित जुरेलीमा निर्माणाधिन फुटबल मैदानका लागि एनआरएन कतारका सल्लाहकार आर.के.शर्माले पाँच लाख सहयोग गर्ने भएका छन्।

छत्तिवनको जुरेलीमा आयोजित एक कार्यक्रममा उनले उक्त रकमको घोषणा गरेका हुन्। उक्त सहयोग रकम कार्यक्रमका प्रमुख अतिथि गणेश थापाले खेल मैदान व्यवस्थापन समितिका अध्यक्ष जोग वहादुर स्याङ्गतानलाई हस्तान्तरण गरेका छन्।

खेल मैदान व्यवस्थापन समितिका अध्यक्ष जोगबहादुर स्याङ्गतानको सभापतित्व एवम् माननीय गणेश थापाको प्रमुख अतिथी रहेको कार्यक्रममा एनआरएनका केन्द्रीय सदस्य श्याम तामाङले पनि सहयोग गर्ने वचनवद्धता व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस