कतारमा नेपालीहरूले गरे रक्तदान

  • Get News Alerts

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयोजन तथा हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको सहयोगमा कतारमा रहेका विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा रक्तदान शिविर आयोजना गरेका छन्।

उपस्थित रक्तदान गर्न इच्छुक १०३ जना दाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएको ४६ जनाले मात्र रक्तदान गर्न पाएका थिए। रक्तदाताहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलम, उपाध्यक्ष कुमार कार्की, महासचिव तथा इन्टरनेस्नल नेप्लिज ब्लड डोनरसका कोषाध्यक्ष बिनोद भट्टराई, सल्लहकार तथा नेपाली जन सम्पर्क समितिका सभापति बिमल सुबेदी लगायतका एनआरएन तथा सामाजिक व्यक्तित्वहरु समेत थिए।

कतारमा रहेका नेपालीहरुले हरेक वर्ष संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।

प्रतिकृया दिनुहोस