सहयोग जुटाउँदै कतारका नेपाली कलाकारहरू

  • Get News Alerts

पहिलो दिनमा नै ८ लाख संकलन

अन्तर्राष्ट्रिय कलाकार मन्च कतारको अगुवाईमा कतारमा कार्यरत नेपाली कलाकारहरु भूकम्प पीडितको सहयोगका लागि एकजुट भएर राहत संकलनमा लागेका छन्।

दोहाका मुन्ताजास्थित नेपाली कला केन्द्रको सभाहलमा मैन बत्ति बालेर नेपालमा गएको महाभूकम्पबाट ज्यान गुमाएका नेपालीहरुको सम्झनामा शोक सभा गरिएको थियो।

शोक सभा लगत्तै बसेको कलाकारहरुको भेलाले भूकम्प पीडितको सहयोगका लागि कतारमा सहयोग संकलन गरी अगाडि बढ्ने निर्णय गरेको थियो। गत १२ बैशाख मा नेपालमा गएको विनासकारी भूकम्पबाट हजारौंको ज्यान गएको छ। लाखौ नेपाली घर परिवार विहिन बनेका छन्।

नेपालको यस महाविपत्तिमा प्रवासबाट सहयोग जुटाउन यहाँ कार्यरत कलाकारहरू कतारका विभिन्न ठाउँमा पुगेर सहयोग संकलन गरेका थिए। राहात संकलन अभियान अझै पनी जारी रहेको छ। यस अभियानको पहिलो दिन शुक्रबार नै कतारि रियाल २८ हजार ( लगभग ८ लाख नेपाली रुपैयाँ) सहयोग रकम संकलन भएको अन्तराष्ट्रिय कलाकार मन्चका सचिव जेरी राईले जानकारी दिए।

कतारमा शुरु गरिएको सहयोग संकलन अभियानलाई तिव्रता दिदै कलाकारहरुलाई  विभिन्न ठाउमा पुगेर सहयोग संकलन गर्ने जिम्मा दिईएको थियो।

अभियानबाट संकलित रकम सहयोगको पहुँच नपुगेको ठाउँमा सहयोग गरिने बताईएको छ। संस्थाको आगामी बैठकले सहयोग वितरण कार्यको तय गर्नेछ।

प्रतिकृया दिनुहोस