कतारमा पनि राहत संकलन

  • Get News Alerts

कतारमा रोजगारीका लागि गएको नेपाली युवाले ४ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन्।

‘राष्ट्रका लागि हातेमालो गरौं' भन्ने नाराका साथ सामाजिक सञ्जाल वाट्सअपका प्रयोगकर्ताले ५ दिनमा ४ लाख ५० हजार संकलन गरेका हुन्।

भूकम्प पीडितहरुका लागि संकलित रकम कतारको राजधानी दोहास्थित राजदूतावासमा बुझाइएको झापाली युवा धर्मेन्द्र खड्काले बताएका छन्। दूताबासका द्वितीय सचिव नितेश सापकोटालाई रकम हस्तान्तरण गरिएको हो।

प्रतिकृया दिनुहोस