कतारका नेपालीले ह्वाट्सपबाट उठाए साढे चार लाख

  • Get News Alerts

कतारमा कार्यरत नेपाली युवाहरुले भूकम्प पीडितहरूको राहतका छाना, खाना र नानाका लागि सबैले पहल गरौँ भन्ने अभियानबाट करिब साढे चार लाख रकम उठाएका छन्।

ह्वाट्सप र कम्पनीमा कार्यरत कर्मचारीहरूबाट केही दिनमै १६ हजार १ सय ७७ रियाल अर्थात् ४ लाख ४४ हजार ८ सय ६७ रुपैंयाको हाराहारी रकम उठाएका थिए।

उक्त संकलित रकम कतारस्थित नेपाली राजदूतावासको बैंक खातामा जम्मा गरी दूतावासका द्धितिय सचिव नितेश सापकोटालाई पत्र हस्तान्तरण गरेका थिए।

प्रतिकृया दिनुहोस