कतारमा भएको दुर्घटनामा चार नेपालीको मृत्यु

  • Get News Alerts

कतारमा बुधबार भएको सवारी दुर्घटनामा परी चार नेपाली कामदारको ज्यान गएको छ।

बुधबार बिहान भएको मजदुर बोकेको मिनिबस ट्रकसँग ठोक्किँदा २ जना नेपाली र २ जना फिलिपिन्सका नागरिककको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

ज्यान गुमाउने नेपालीहरूमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिराज खनाल रहेको समाचारमा जनाइएको छ।

यस्तै बुधबारै भएको एक अर्को सवारी दुर्घटनामा पनि दुई जना नेपालीको ज्यान गएको छ। दुर्घटनामा भक्त कामी र सानी चमारको ज्यान गएको बताइएको छ।

ज्यान गुमाएका चारैजनाको शव कतारस्थित वाक्राह अस्पतालमा राखिएको छ।

ज्यान गुमाउने चारैजना दोहास्थित एक निर्माण कम्पनीका मजदुर थिए।

प्रतिकृया दिनुहोस