भूकम्प पीडितलाई सहयोग गर्न कतारमा लाईभ कन्सर्ट

  • Get News Alerts

नेपालमा गएको विनाशकारी भूकम्पमा परेका नेपालीको सहयोगार्थ कतारमा लाईभ कन्सर्ट हुने भएको छ। ५ जुन २०१५ शुक्रबारका दिन सल्वा रोडस्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा ‘लाईभ कन्सर्ट २०१५’ को आयोजना गरिएको छ।

द क्यूएन व्याण्ड , सुर साधना सरगम र आरम्भ नाट्य डबली कतारको संयुक्त आयोजनामा कन्सर्ट हुन लागेको हो । कार्यक्रममा चितवन आईडल २०७० का रनरअप नवराज श्रेष्ठको विशेष प्रस्तूति रहने छ। त्यस्तै कार्यक्रममा कतारका स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ। यही शुक्रबार मध्यान्ह १२ बजेबाट कार्यक्रम हुने छ।

उक्त कार्यक्रमबाट संकलित रकम चितवन जिल्लाको दारेचोक गाविसका भूकम्पपीडितको सहयोगका लागि खर्च गरिने कार्यक्रमका प्रमुख संयोजकले जानकारी दिए।

कार्यक्रमको संयोजकमा द क्यूएन व्याण्डका म्यानेजर भुवन श्रेष्ठ , सह–संयोजकमा सुर साधना सरगमका अध्यक्ष दिनेश लिम्बु र व्यवस्थापकमा आरम्भ नाट्य डबलीका अध्यक्ष प्रविण राई र बिमल राई रहेका छन भने अन्तराष्ट्रिय कलाकार मन्च कतार शाखा विशेष सहयोगीको भूमिका छ। कार्यक्रममा रिदम कला केन्द्र , नेपाली कला केन्द्र , प्रवासी नेपाली सांगितीक परिवार , एसबी फिल्म प्रालीका कलाकारहरु साथै हेमन्त लामाको बेजोड प्रस्तूति रहने छ।

निशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा द क्यूएन व्याण्डका कलाकारहरु सुदिप परियार , राजु बिक , बिमल राई , आनन्द तामाङ्ग , पशुपती श्रेष्ठ , श्याम लामा , सुमन सुनार , बाबुराम बिक, दिपक गुरुङ्ग , महेश परियार , सन्तोष गुरुङ्ग , राज श्रेष्ठ , गोपीचन्द्र बिक  र बिशाल परियारको प्रस्तुति रहने छ।

 

 

प्रतिकृया दिनुहोस