कतारमा ‘रेशम फिलिली’ हाउसफुल

  • Get News Alerts

फिल्म रिलिज भएकै भोलिपल्ट देशमा विनासकारी भूकम्प गएकाले वैशाख ११ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ पुन:प्रदर्शन हुने भएको छ।

साथै फिल्मको मुस्लिम पर्व इदको अवसरमा शनिबार कतारमा प्रदर्शन गरिएको छ।

कतारको सनैयास्थित ग्राण्ड मल सिनेमामाको प्रदर्शन गरिएको हो। प्रदर्शनमा सिनेमा घर हाउस फुल भएको र कतारमा पहिलो पटक डिजिटल प्रविधिबाट फिल्म प्रदर्शन गरिएको आयोजक निमा भुषालले जानकारी दिए। उनका अनुसार आगामी अगष्ट २१ तारिखका दिन कलाकारको उपस्थितिमा फिल्मको पुन: प्रदर्शन गरिने भएको छ। फिल्म हेरेपछि दर्शकहरु उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएका निमाले बताए।

 प्रणब जोशीको लेखन तथा निर्देशन रहेको फिल्ममा बिनय श्रेष्ठ, कर्मा, मेनुका प्रधान मुख्य भूमिकामा छन्।

 कतार जाने युवाको सपना,मेनपावरको ठगी र फिल्मको हिरो हुन गरिने संघर्षको कथालाई फिल्मले बोल्छ। फिल्मको अन्त्यममा चर्चित गीत ‘जाल’मा को सार्बजनिक भिडियो फुटेजलाई समेत समाबेश गरिएकाले फिल्ममा आकर्षण थपिएको छ।

प्रतिकृया दिनुहोस