एक वर्षभित्र युएईमा ६४ नेपालीले ज्यान गुमाए

  • Get News Alerts

वैदेशिक रोजगारीका लागि नेपाली रोजगारदाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, केही वर्ष यता भने भिजिट भिसामा आई आफ्नो योग्यता र दक्षता अनुसारको कामप्रति लाग्नेहरुको संख्या बड्दो देखिन्छ । ईम्प्लोमेन्ट भिसाको तुलनामा भिजिट भिसा सरल र सहज तरिकाले पाउने भएकाले भिजिट भिसाको नै धेरै प्रयोग भएको हुन्छ ।

आफ्नो घर परिवारलाई हर प्रकारका सुख, शान्ति र सुविधा होस् भन्ने कस्को चाहना हुदैन र ? नेपाली राजदूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले दिएको जानकारी अनुसार १ जनवरी २०१६ देखि आज मिति २३ डिसेम्बर २०१६ यानी कि एक बर्षको अवधिमा ६४ जना नेपालीहरुले ज्यान गुमाएका छन्।

त्यसमध्ये पुरुष ५९ जना रहेको छ भने महिला ५ जना रहेका छन् । खासगरी मृत्यु हुने कारण नं. १ मा प्राकतिक, नं. २ मा सडक दुर्घटना र नं. ३ मा आत्महत्या देखाएको छ । विगतका तथ्याङ्क हेर्ने हो भने सन् २०१३ मा ७० जना, २०१४ मा ६३ जना र २०१५ मा ६४ जना पुगेको छ।

युएईस्थित नेपालीहरुको जनसंख्या आम–जनमानसको अनुमानमा ३ लाखभन्दा बढी रहेता पनि युएईका परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार २ लाख ४ हजार १ सय ६ जनाएको छ।

सरकारी विभागदेखि लिएर हर क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । उच्च श्रेणीमाभन्दा मध्यम श्रेणीमा धेरै कार्यरत पाईन्छ । विदेशमा रोजगारी गर्न जाँदा नेपालबाट केही सीप र ज्ञान हासिल गरी गएमा उपयुक्त लाग्ने थियो। यस्ता खालका सहयोग गर्नका लागि नेपालस्थित १० म्यानपावरलाई समेत आधिकारिक मान्यता दिएका छन् ।

पछिल्लो समयमा युएईस्थित नेपाली व्यवसायीहरु पनि फस्टाउदै गएको पाईन्छ । धेरै बर्षदेखि रोजगारीमा संग्लन रहेका पनि अब भने व्यवसाय क्षेत्रमा पूर्ण रुपले हानिएका छन् । व्यवसायमा कपडा पसल, किराना पसल, सुन चांदी पसल, सुपर मार्केट, ट्राभल्स एण्ड टुरिजम, टेलर्स, इलेट्रानिक पसल, लाण्ड्री, क्लिनिङ एण्ड मेन्टनेस, व्यूटीपार्लर र रेष्टुरेण्ट हुन् । अन्य व्यवसायभन्दा रेष्टुरेण्ट व्यवसाय मौलाउदै गएका छन् ।

प्रतिकृया दिनुहोस