दाउद इब्राहिमको १५ हजार करोड युएइ सरकारद्वारा कब्जा

  • Get News Alerts

भारतीय मुलका अन्डरवल्ड डन दाउद इब्राहिमको १५ हजार करोड बरावरको सम्पती युएइ सरकारले कब्जा गर्ने निर्णय गरेको छ। दाउदमाथीको सबैभन्दा ठुलो कारवाहिका रुपमा सरकारले यस्तो निर्णय गरेको बताएको छ।

सयुक्त अरव इमिरेटस्मा रहको दाउद इब्रहिमको सेयर लगायत अन्य सम्पतीहरु कब्जा गरेको सरकारले बताएको स्थानिय संचार माध्यहरुले बताएका हुन।

संचार माध्यमले बताए अनुसार भारती सुरक्षा सल्लाहकार अजित डोभालले यूएइका सरकारी अधिकारीहरुलाई दाउ इब्रहिम बिरुद्ध कडा कदम चाल्नपर्ने अाग्रह गरेगत्तै सरकारले यस्तो निर्णय गरेको हो।

पछिल्लो चोटी भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी दुवइ भ्रमणमा पुगेका बेला दाउद इब्राहिमको सम्पती बारे कुराकानी भएपछि संयुक्त अरब इमिरेट्सले यस्तो कदम चालेको बताइएको छ।

बम्वइमा भएको सन १९९३ को बम आक्रमणका मुख्य योजनाकार मानिने दाउद भारतको मोष्ट वान्टेड लिष्टमा छन्। उक्त आक्रमणमा २ सय ५७ जनाको मृत्यस भएको थियो।

प्रतिकृया दिनुहोस