विशेष

Search news by date range:

  • अमेरिकाको टेक्सास राज्य संसदमा भीडन्तको अवस्था

    अमेरिकाको टेक्सास राज्य संसदमा भीडन्तको अवस्था टेक्सास, जेठ १६ (एजेन्सी) -

    डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै ध्रुवीकृत भएको अमेरिकाको टेक्सास राज्यको संसद भवन सोमबार युद्वभूमिमा परिणत हुनबाट जोगिएको छ। रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका संसदबीच गालिगलौज, आक्रमणको धम्की र घचेडा-घचेडको स्थिति भए पनि पूर्ण रूपले भिडन्त भएन।

     

  • सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी

    सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी नवीन दित्य कोइराला -

    कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।

     

  • उत्तर कोरियाद्वारा जापानको सीमा नजिकै  फेरि अर्को क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाद्वारा जापानको सीमा नजिकै  फेरि अर्को क्षेप्यास्त्र परीक्षण सोल, जेठ १५, सेतोपाटी संवाददाता -

    उत्तर कोरियाले केही छोटो दूरीको ब्लेस्टिक मिसाइल परीक्षण गरेको छ। सोमबार बिहान ५ बजेर २९ मिनेट जाँदा उत्तरी प्रान्तको वोंसानदेखि प्रक्षेपण गरिएको उक्त मिसाइल ४ सय ५० किलोमिटर दुरी पार गरि पूर्वी तटको समुद्रमा खसेको सैन्य अधिकारीलाई उदृत गर्दै दक्षिण कोरियाली समाचार माध्यमले जनाएका छन्।

     

  • अष्ट्रेलियामा रोयल गोर्खा कलेजको दर्ता खारेजी

    अष्ट्रेलियामा रोयल गोर्खा कलेजको दर्ता खारेजी हेमन्त काफ्ले, सिड्नी, जेठ १४ -

    अस्ट्रेलिया सरकारले रोयल गोर्खा इन्सिच्यूट अफ टेक्नोलोजी कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको छ। उक्त सरकारी निर्णयपछि सञ्चालक तथा नेपाली मुलका ब्यवसायी चन्द्र योन्जनले यसविरुद्ध माथिल्लो निकायमा पुनरावलोकनमा लागि जाने बताएका छन्।

     

  • झापाकाे शिक्षाका लागि सिड्नीमा सुमधुर साँझ

    झापाकाे शिक्षाका लागि सिड्नीमा सुमधुर साँझ सिड्नी, जेठ १४ (सेतोपाटी) -

    नेपालमा झापा जिल्ला घर भई अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले आगामी जुन ३ तारिखका दिन सुमधुर सांगीतिक साँझ २०१७ आयोजना गर्ने भएको छ ।

     

  • सूचना प्रबिधिमा अाएको गडबढिका कारण ब्रिटिस एयरका सम्पुर्ण उडानहरु रद्द

    सूचना प्रबिधिमा अाएको गडबढिका कारण ब्रिटिस एयरका सम्पुर्ण उडानहरु रद्द सेताेपाटी ग्लाेबल -

    सूचना प्रबिधि र कम्प्युटरमा गडबढि भएको भन्दै ब्रिटिस एयरले हिथ्रो र ग्याटवीक एयरपोर्टबाट हुने सम्पुर्ण उडानहरु रद्द गरेको जनाइएको छ। एयरलाइन्सका अनुसार प्रमुख आइटी सिस्टममा गडबढि उत्पन्न भएको र जसका कारण संसार भरिका उडानहरु नराम्ररी प्रभाबित भएका छन्। जसका कारण हजारौं यात्रुहरु अलपत्र  परेका छन्। एयरलाइन्सले साइबर आक्रमणको कुनै प्रमाण नभेटिएको  जनाउदै भनेको छ ग्लोबल फ्लाइट सिस्टमले काम नगरेका कारण सम्पुर्ण उडानहरु रद्द गर्नु परेको भन्दै एयरलाइन्सले क्षमा याचना गरेको छ। साथै सुरक्षाका कारण आटीको काम आउट सोर्सिङ्ग गर्न नमिल्ने पनि बताइएको छ। यो समस्याका कारण ब्रिटिस यएरका कल सेन्टरहरु र वेबसाइट पनि प्रभावित भएका छन्।

  • अमर प्रीति

    अमर प्रीति देव सागर -

    देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो।  उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो। 

     

  • ट्रम्पद्वारा उत्तर कोरियाप्रतिको नीतिमा फेरबदल

    ट्रम्पद्वारा उत्तर कोरियाप्रतिको नीतिमा फेरबदल सेताेपाटी ग्लाेबल -

    वासिंगटनले उत्तर कोरियाप्रतिको ४ वटा नीतिलाई अन्तिम रुप दिएको छ। सैन्य आक्रमण भन्ने कुनै पनि शब्द नलेखिएको उक्त नीतिमा उत्तरकोरियासँगको परमाणु गतिरोध अन्त्यका लागि वार्ताका सम्पूर्ण ढोका खुल्ला राखिने बताएको छ।

     

  • घले दम्पतीको सम्पत्ति बढ्यो, अष्ट्रेलियाका धनीको सूचीको १ सय १ औंं स्थानमा

    घले दम्पतीको सम्पत्ति बढ्यो, अष्ट्रेलियाका धनीको सूचीको १ सय १ औंं स्थानमा सिड्नी, जेठ १२ -

    नेपाली मुलका घले दम्पत्ति गतबर्षको भन्दा ५ स्थान माथि उक्लिदै यस बर्ष क्रमश: १ सय १ र १ सय २ स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी ब्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ।

     

  • भारतमा महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र फडणविस चडेको हेलीकप्टर दुर्घटना

    भारतमा महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र फडणविस चडेको हेलीकप्टर दुर्घटना सेताेपाटी ग्लाेबल -

    भारतमा बिहिबार दिउसो भएको हेलीकप्टर दुर्घटनामा महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र फडणविस लगायत सबै जना बाँच्न सफल भएका छन्। मुख्यमन्त्री फडणविस चडेको हेलिकप्टर महाराष्ट्रको लतुर भन्ने स्थानमा आपतकालीन अवतरण गर्न खोज्दा बिजुलीको तारमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त हेलीकप्टरमा ४ जना यात्रु र दुई जना चालक दलका सदस्यहरु थिए। दुर्घटना भएलगतै मुख्यमन्त्री देबेन्द्रले आफु चडेको हेलीकप्टर दुर्घटनामा परेको र सबै जना सकुसल रहेको ट्वीटर मार्फत जानकारी गराएका थिए। उनले ट्वीट गर्दै भनेका थिए ‘भगवान र ११ करोड महाराष्ट्रका जनताको कृपाले हामि सुरक्षित छौ।’

  • एनआरएनको स्थानीय निकाय निर्वाचनमा भूमिका हुन्न?

    एनआरएनको स्थानीय निकाय निर्वाचनमा भूमिका हुन्न? अर्जुनकुमार श्रेष्ठ -

    देशले निर्वाचनको एउटा ‘कोर्श’ पुरागरिसकेको यस अवस्थामा जनप्रतिनिधिसहितको स्थानीयतहको विकास निर्माण कार्यमा गैर आवासीय नेपाली संघ (एनआरएनए)मा पनि छुट्टै उत्साह थपेको छ । देशको संविधान र कानुनद्वारा स्थापना भएको यस संस्था आफैंमा भैपरी आउँदा देश र नागरिकका लागि ‘पिलर’ का रुपमा खडा हुन्छ भन्नेकुरा हाम्रा विगतका अग्रजहरुका काम गराई र वर्तमान हाम्रा समकालिन साथीहरुको सक्रियताबाट पुष्टि हुन्छ । साथै अबका दिनमा हामीहरु स्थानीय जनप्रतिनिधिहरुसँग मिलेर कार्य गर्न सहज हुनेछ भन्नेकुरामा हामी आशावादी हुनेछौं ।

     

  • बोस्टनमा श्रीमद् भागवत सप्ताहको तिब्र तयारी

    बोस्टनमा श्रीमद् भागवत सप्ताहको तिब्र तयारी मनोज अधिकारी/दिनेश कार्की, बोस्टन (अमेरिका) जेठ ११ -

    नेपालीहरुको जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सांस्कृति कार्यका लागि बोस्टनमा आफ्नै सामुदायिक भवन बनाउन यहाँको नेपाली समुदाय जुटेको छ। यसका लागि आवश्यक रकम जुटाउन बोस्टन क्षेत्रमा श्रीमद्भागवत् सप्ताह महापुराण लगाउने तयारी भएको छ। 

     

  • नेपाली लगानी कर्ताहरू कसरी छिर्ने अमेरिकी शेयरबजारमा?

    नेपाली लगानी कर्ताहरू कसरी छिर्ने अमेरिकी शेयरबजारमा? -मोहनराज बराल - विश्व शेयर बजारका बादशाहले कहिले किने पहिलो शेयर? मैले नब्बेको दशकको बिचमा डेक्सटर सुज कम्पनी चार सय मिलियन डलर हालेर किने तर त्यो जिरोमा गयो।तर मैले त्यहि पैसा खर्च गरेर बार्क्शरको स्टक लिए त्यो जुन अहिले करिब चारसय विलियन डलर भएकोछ।मैले यसरी लिएका ...

  • मत गणना किन ढिलासुस्ती?

    मत गणना किन ढिलासुस्ती? पृथीछक बुढा मगर -

    दुनियाँ कहाँ देखि कहाँ पुगिसक्यो। यस्तो लाग्छ, हाम्रो देश एउटा छुट्टै निर्जन दुनियाँ हो जसलाई बिज्ञानको गतिले छोईसकेको छैन मानौ। यान्त्रिक युगको शुरूवात भईसककेको छ तर नेपाली समाज अझै यन्त्रलाई मानविय सहयोगकोलागि उपयोग गर्न सकेको छैन। यसलाई बिडम्वना भन्नू पर्छ। अहिले ठुल्ठुला जनसंख्या भएका महानगरहरुमा कुल जनसंख्याको २५ प्रतिशत मत पनि गणना भईसकेको छैन। यी शहरहरु अन्य अल्पबिकशित गाउँहरु जस्तो होइन। कम्तिमा पनि यी शहरहरुमा इभोटिङ सिस्टम अभ्यास गर्न सकेको भए ब्यबहारिक हुने थियो तर नेपाल सरकार र निर्वाचन आयोगले यसवारे ध्यान दिएको छैन। इभोटिङ सिस्टम लागू गरेको भए मत बदर हुने संभावना पनि हुँदैन। अहिले हजारौं हजार मतहरु बदर भएको अबस्था छ।

  • मेरो कलमको कथा

    मेरो कलमको कथा प्रमोद अमात्य -

    विश्वका महान वैज्ञानिक अल्बर्ट आइनस्टाइनले जर्मन पेलीकन १०० एन कलम चलाउँथे रे। उनले आफ्नो संसार प्रसिद्ध सापेक्षवादको सिद्धान्त पनि यही कलमले लेखेका त हैनन्, जान्न मन छ। विश्व प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेन भने कन्कलिन क्रेसेन्ट फिलर कलमले लेख्थे। अझ उनी कन्कलिन पेन कम्पनीका आधिकारिक प्रवक्ता समेत थिए। उनले भन्ने गर्दथे कि उनलाई यो कलम टेबलमा गुड्केर नजाने भएर मन पर्छ। हाम्रा साहित्यकारको कुरा गर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई कान्छी औला जत्रो शिसाकलम भएपनि लेख्न पुग्थ्यो रे। प्रसिद्ध निबन्धकार शंकर लामिछानेले आफ्नो निबन्धमा यसबारे जिकिर गरेका छन्। उनलाई मुना मदन, लक्ष्मी निबन्ध सँग्रह र अन्य कालजयी महान कृति सिर्जना गर्न न मोब्लाँ, न वाटरम्यान न त कुनै अन्य विलासी कलम चाहियो। न उनले ठीक्कैको पार्कर वा शेफर पेन नै चलाए होलान।

  • जब न्युयोर्क नेपालमय भयो...

    जब न्युयोर्क नेपालमय भयो... सन्जोग आचार्य, न्युयोर्क -

    बुद्ध जयन्ती र गणतन्त्र दिवसको अबसरमा न्युयोर्कमा आयोजना गरिएको नेपाल डे परेडमा हजारौंको संख्यामा नेपालीको उत्साहप्रद सहभागिताले न्युयोर्कमा ‘मिनी नेपाल’ को परिकल्पना गर्न थालएको छ। नेपाल डे परेडमा स्वस्फूर्त रुपमा उपस्थित नेपाली समुदाय, संघ संस्थाले आइतवार अमेरिकामा नेपालीको शिर सगरमाथाजस्तै उच्च बनाएका छन्। नेपाली समुदाय राष्ट्रिय झण्डासहित उपस्थित भई ‘वल्र्ड क्यापिटल’ न्युयोर्कको म्यानह्याटनलाई नेपालमय बनाइदिएका थिए। राष्ट्रिय पोशाक, झण्डा, झाँकीसहित उपस्थित भई नेपालीले नेपालको धार्मिक, सास्कृति र पर्यटकीय महत्वलाई उजागर गरिरहेका थिए । म्यानह्याटनको मेडिसन एभिन्यूमा हजारौं नेपाली उर्लिएको देखेर न्युयोर्क घुम्न आएका पर्यटक र म्यानह्याटवासी पनि अचम्मित भएका थिए। निकै लामो र ठूलो र्यालीको कारण न्युयोर्कमा ट्राफिक ब्यबस्थापनमा कठिनाई भइरहेको थियो। तर, पनि न्युयोर्क प्रहरीले ब्यबस्थित ढंगले ट्राफिक ब्यबस्थापन र सुरक्षा प्रदान गरेको थियो। म्यानह्याटनको म्याडिशन एभिन्यूमा सवारी साधन प्रवेशमा रोक लगाइएको थियो।

  • सगुनका संस्थापक गिरी भन्छन् -सन् २०१८ सम्म कुल मूल्यांकन १ बिलियन डलर पुर्‍याउँछौ

    सगुनका संस्थापक गिरी भन्छन् -सन् २०१८ सम्म कुल मूल्यांकन १ बिलियन डलर पुर्‍याउँछौ किशन गौतम, सोल, जेठ ९ -

    सामाजिक सञ्जाल सगुनका संस्थापक गोविन्द गिरीको प्रत्यक्ष उपस्थितिमा  दक्षिण कोरियाका रहेका लगानीकर्तासँग वृहत अन्तरक्रिया भएको छ। गत मार्च ३० तारिखदेखि बन्द गरिएको पहिलो चरणको सेयर लगानीमा कोरियामा रहेका नेपाली संख्यात्मक हिसाबले विश्वकै दोस्रो स्थानमा रहेको भन्दै सेयर लागानीकर्तासँग प्रत्यक्ष भेटघाट तथा छलफलको लागि संस्थापक गिरी लागयतको टोली अस्ट्रेलिया, लन्डनहुँदै शनिबार दक्षिण कोरिया आइपुगेको हो।

     

  • म्यानचेस्टर आतंकवादी हमलामा २२ को  मृत्यु, दर्जनौ घाईते, नेपाली सुरक्षित

    म्यानचेस्टर आतंकवादी हमलामा २२ को  मृत्यु, दर्जनौ घाईते, नेपाली सुरक्षित फडिन्द्र भट्टराई, लन्डन, जेठ ९ -

    बेलायतको म्यानचेस्टरमा गए राति भएको आतंकवादी हमालामा २२ जनाको मृत्यु भएको छ। अमेरिकन गायक एरियाना ग्राण्डको सांगीतिक प्रस्तुती सकिएलगत्तै कन्सर्टबाट बाहिरिने क्रममा भएको आत्मघाति हमलामा दर्जनौ घाईते भएका छन्।

     

  • नेपालबारे दिल्लीमा कविता महोत्सव

    नेपालबारे दिल्लीमा कविता महोत्सव नयाँदिल्ली, जेठ ९ -

    यहाँस्थित साउथ एशियन युनिभर्सिटीको आयोजनामा ‘दक्षिण एशियामा नेपाल’ विषयक कविता महोत्सव आइतबार सम्पन्न भएको छ। विश्वविद्यालयको सामाजिक विज्ञान अनुसन्धान परियोजनाले आयोजना गरेको एकदिवसीय महोत्सवमा सहभागीताका निम्ति संगीत नाट्य एकेडेमीका कुलपति एवं कवि सरुभक्त र प्राध्यापक एवं लेखक अभि सुवेदी नयाँदिल्ली पुगेका थिए। 

     

  • नेपाली चलचित्र 'बनाउने' भन्दापनि 'देखाउने' परम्पराबाट अगाडी बढेको हो - नविन सुब्बा, चलचित्र निर्देशक

    नेपाली चलचित्र 'बनाउने' भन्दापनि 'देखाउने' परम्पराबाट अगाडी बढेको हो - नविन सुब्बा, चलचित्र निर्देशक सेताेपाटी ग्लाेबल -

    नेपाली चलचित्रमा अझै मौलिकताको निखार आउन बाँकि रहेको निर्देशक नविन सुब्बाले बताएका छन्। शनिबार अमेरिकाको मेरिल्याण्डमा आयोजित नेपाली चलचित्रमा मौलिकता बिषयक एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै चलचित्र निर्देशक नविन सुब्बाले उक्त कुरा बताएका हुन्। नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रथम नेपाल अमेरिका फिल्म महोत्सवमा सहयोग पुर्याउने स्वयं सेवकहरुलाई प्रसंसा पत्र बितरण पनि गरिएको थियो। नेपाली चलचित्रको बिकास र प्रभाव बारेमा आफ्नो प्रस्तुति दिदै सुब्बाले भने ‘हाम्रो चलचित्रको सुरुवात बनाउने भन्दापनि देखाउने बाट सुरु भएकोले दर्शक देखि चलचित्रकर्मिहरु बाह्य प्रभावमा परेका कारण सुरुवाति दिनहरुमा खास नेपाली मौलिकता अलमलमा परेको थियो।’ बिशेषत हिन्दी सिनेमाहरु देखाएर सुरु भएको हाम्रो चलचित्र क्षेत्र त्यसैको प्रभावमा लामो समय बिताउन बाध्य थियो।

  • नेपालका समिरले जिते अस्ट्रेलियाको अल्टाट्रेल उपाधि

    नेपालका समिरले जिते अस्ट्रेलियाको अल्टाट्रेल उपाधि हेमन्त काफ्ले, सिड्नी, जेठ ८ -

    समिरले आफ्ना निकतम् प्रतिद्वन्द्वी स्टुवार्ट गिब्सनलाई मात्र दश सेकेन्डले पछि पार्दै उपाधि नेपालको पोल्टामा पारेका हुन्। समिरले सो दुरी चार घन्टा सात मिनेट ९ सकेन्डमा पुरा गरेका थिए भने गिब्सनले भने चार घन्टा सात मिनेट १९ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हात पारेका थिए।

     

  • दीपेन्द्रको लभ लभ लभ  सीड्नीमा

    दीपेन्द्रको लभ लभ लभ  सीड्नीमा सेतोपाटी संवाददाता, सिड्नी, जेठ ८ -

    निर्देशक दीपेन्द्र के खनालको चलचित्र लभ लभ लभ सिड्नीबासी नेपालीहरूमाझ प्रदर्शन भएको छ। सिड्नीको बरउडमा रहेको ईभेन्ट सिनेमामा चलचित्र प्रदर्शनी गरिएको हो। चलचित्रको प्रदर्शनका लागि नेपालबाट  यतिबेला यसै चलचित्रका निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डे  सिड्नी आईपुगेका छन्। सिड्नीमा यो चलचित्रलाई मनोज अधिकारी र सन्तोष अधिकारीले प्रर्दशनीको चाँजोपाँजो मिलाएका हुन्।

     

  • क्याक्टसको झाडी झैं भएको छ मान्छे

    क्याक्टसको झाडी झैं भएको छ मान्छे डा. नम्रता पाण्डे -

    राष्ट्र र मुलुकलाई झन भन्दा झन अन्यौलता र गरिबीमा धकेल्ने जिम्मेवारी तिनैलाई जान्छ जसले आफ्नो जीवन नै दुइ कौडीको कोडा -कचेरामा राष्ट्रको सार्वभौम माथि खेलबाड गरेका छन्। क्याक्टसका झाडी हुन् तिनीहरु जसलाई टाढाबाट देख्दा राम्रो लाग्छ तर नजिक जादा छोए काँडा बिझ्छ ,न छुन सकिन्छ, न भित्र सजाउन सकिन्छ।

  • यम बुद्धको जन्द दिनमा अष्ट्रेलियामा सांगीतिक कार्यक्रम

    यम बुद्धको जन्द दिनमा अष्ट्रेलियामा सांगीतिक कार्यक्रम सेतोपाटी संवाददाता, सिड्नी, जेठ ७ -

    नेपाल रिपोर्ट्सको आयोजनामा मे ३० तारिक यम बुद्धको जन्म दिनको अवसर पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । कार्यक्रममा दिवंगत र्‍यापर यमबुद्धलाई विभिन्न गायक तथा र्‍यापरले सांगीतिक श्रद्धाञ्जली अर्पण गर्ने भएका छन् । 

     

  • अस्ट्रेलिया भनेर मख्ख नपर्नुहोस्

    अस्ट्रेलिया भनेर मख्ख नपर्नुहोस् कोम खत्री -

    दुःख छ तर दुःख खपेर, सहेर एकदिन सुख पाउने चाहनाका साथ आएका विद्यार्थीहरूले आज सफलता पाएका अनेकौं कथाहरू पनि छन् । जति पनि आज समाजमा सफल भएर उभिएका छन् तिनले पनि शुरुवाती दिनमा त्यस्तै दुःख भोगेका थिए । फरक त मात्र मानसिक इच्छाशक्ति र दृढ संकल्पले पारेको हो। विस्तृतमा

     

     

  • कोरियाको अध्यागमन विभागद्वारा भिसाका केही नियम परिवर्तन

    कोरियाको अध्यागमन विभागद्वारा भिसाका केही नियम परिवर्तन सोल, जेठ ७ (सेतोपाटी) -

    यही मे २७ तारिख देखि लागू हुनेगरी कोरियाको अध्यागमन विभागले भिसाका केही नियम परिवर्तन गरेको छ।परिबर्तित नियमानुसार प्रवासी मजदुरले बोनस भिसा आफ्नो भिसा अबधि समाप्त हुनुभन्दा ४ महिना अगाडि नै थप्न पाउने भएका छन्। यसभन्दा पहिला २ महिना अगाडि  मात्र थप्न पाउने नियम थियो।

     

  • अन्तर्राष्ट्रिय खेलकालागि नेपाली राष्ट्रिय भलिबल टाेली कोपन्हेगनमा

    अन्तर्राष्ट्रिय खेलकालागि नेपाली राष्ट्रिय भलिबल टाेली कोपन्हेगनमा प्रकाश सापकोटा, डेनमार्क -

    नेपाली राष्ट्रिय भलिबल टिम डेनमार्कको कोपन्हेगन आइपुगेको छ। नेपाल-डेनमार्क कुटनीतिक सम्बन्धको पचास वर्ष पुगेको सुवर्ण अवसर तथा ‘नेपाल भ्रमण वर्ष २०१८’ को प्रवर्द्धनकालागि पहिलो पटक नेपाल र डेनमार्क बीच हुन लागेको मैत्रीपूर्ण भलिबल खेल खेल्न सो टोली शुक्रबार साँझ टर्किस एयरलाइन्सबाट कोपन्हेगन उत्रिएका हो। कोपन्हेगनको क्यास्त्रूप बिमानस्थलमा डेनमार्क स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु तथा नेपाली समुदायले नेपालबाट आएका खेलाडी र प्रतिनिधिहरुलाई स्वागत गरेका थिए।

  • सदगुरू, एक जीवित बुद्ध पुरुषसँगको सेतोपाटी सम्बाद!

    सदगुरू, एक जीवित बुद्ध पुरुषसँगको सेतोपाटी सम्बाद! सेतोपाटी संवाददाता -

    संसार भर योग र ध्यानका माध्यमले लाखौ मानिसहरूको जीवनमा प्रभाव पार्न सफल एक जीवित बुद्ध पुरुष हुन् सदगुरू। भारतको कर्नाटकस्थित मैसुर सहरमा जन्मिएका जग्गी वासुदेवलाई विश्वले सदगुरूका नामले चिन्दछ। दुनियाँ भरीका सबैखाले सञ्चार माध्यममा अन्तर्वार्ता दिएका सदगुरु सँग हालसम्म कुनै पनि नेपाली अनलाइन मिडियाले अन्तर्वार्ता गर्ने अवसर प्राप्त गरेका थिएनन्।

     

  • न्यूयोर्कको टाइम स्क्वायरमा पर्यटकहरुको भिडमा कारद्वारा आक्रमणः एकको मृत्यु, २२ घाइते

    न्यूयोर्कको टाइम स्क्वायरमा पर्यटकहरुको भिडमा कारद्वारा आक्रमणः एकको मृत्यु, २२ घाइते सेताेपाटी ग्लाेबल -

    अमेरिकाको न्यूयोर्क शहर स्थित टाइम स्क्वायरमा बुधबार अपरान्ह एक चालकले पर्यटकहरुको भिडमा कार कुदाउँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृत्यु हुनेमा महिला भएको न्युयोर्क प्रहरिले जनाएको छ। न्यूयोर्क शहरको फायर डिपार्टमेन्टका अनुसार २६ बर्षिय कार चालकले पर्यटकहरु हिडिरहेको पेटिमा कार चडाएर यो दुर्घटना गराएको थियो। कार चालक अमेरिकन नागरिक भएको र अमेरिकी नौसेना भेट्रान भएको प्रहरिले जनाएको छ। कार चालकलाई प्रहरिले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

  • नेदरल्याण्डका राजाले २१ वर्षदेखि गोप्य रूपमा पाइलटको रुपमा काम गर्ने गरेको खुलासा

    नेदरल्याण्डका राजाले २१ वर्षदेखि गोप्य रूपमा पाइलटको रुपमा काम गर्ने गरेको खुलासा नेदरल्याण्ड, जेठ ४ (एजेन्सी) -

    नेदरल्याण्डका राजा विलेम अलेक्जेन्डरले एक विमान कम्पनीमा पाइलटका रुपमा काम गर्नेगरेको खुलासा भएको छ l  विगत २१ वर्षदेखि उनले डच एयरलाइन ‘केएलएम’ का छोटा दुरीका उडानहरुमा सह-पाइलटको रुपमा काम गर्ने गरेका थिए।