विशेष

Search news by date range:

  • एनआरएनको मागः नोट चल्ने, भोट किन नचल्ने?

    एनआरएनको मागः नोट चल्ने, भोट किन नचल्ने? सिड्नी, वैशाख २१ (सेतोपाटी) -

    एनआरएनले बिदेशमा रहेका नेपालीहरू लामो समयपछि नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अधिकारवाट बन्चित भएको बताउँदै नेपाल सरकारले यस विषयमा सम्वोधन गर्नुपर्ने एनआरएनका उपाध्यक्ष भवन भट्टले बताए।

     

  • धेरै नेपाली विद्यार्थी अध्ययन गर्ने अमेरिकी कलेजमा गोली चल्योः दुई जनाको मृत्यु, नेपाली सुरक्षित

    धेरै नेपाली विद्यार्थी अध्ययन गर्ने अमेरिकी कलेजमा गोली चल्योः दुई जनाको मृत्यु, नेपाली सुरक्षित मोहनराज बराल , डिसी, वैशाख २१ -

    अमेरिकामा टेक्ससको ड्यालसस्थित करिब ११ हजार विद्यार्थी पढ्ने नर्थलेक कलेजमा बुधबार गोली चलेको छ। गोली प्रहारको क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। प्रहरीको व्यापक खोजी पछि गोली हान्ने युवक र अर्का एक जना मृत अवस्थामा फेला परेका छन्।

     

  • सुशीलाको यो अग्निपरीक्षा

    सुशीलाको यो अग्निपरीक्षा निरु त्रिपाठी -

    त्रेतायुगमा जहाँ सत्यको जीत हुन्थर्यो,त्यहाँ पुरुषोत्तम राम अर्थात् पुरुषहरुमा उत्तम राम राजा थियो र उनको राम राज्य थियो। त्यस्तो सत्यको विजयहुने युगको रामराज्यमा पुरुषोत्तम भगवान रामले त एउटा धोबीको कुरा सुनेर पवित्र कहलिएकी पत्नी सीतालाई अग्निपरीक्षा दिन लगाएको थियो भने यो कलियुगमा शेरबहादूर र प्रचण्ड बहादूरभई न्यायको प्रर्तिमूर्तिलाई महाअभियोगको अग्निकुण्डमा बस्न लगाउँदैन भने सोच्नु हाम्रो नै मूर्खता हुन्छ।

     

  • नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई

    नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई सेताेपाटी ग्लाेबल -

    विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस वर्ष देखि प्रदान गरिन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) सामुदायिक पत्रकारिता पुरस्कार लेखक शिव प्रकास र पत्रकारद्वय दिनेश कार्की तथा मनोज अधिकारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

  • महाभियोग प्रस्तावको बेलायतमा कार्यरत कानुनविधको विरोध

    महाभियोग प्रस्तावको बेलायतमा कार्यरत कानुनविधको विरोध फडिन्द्र भट्टराई,, लन्डन, वैशाख २० -

    प्रधान न्यायाधीश शुसीला कार्कीमाथि लगाईएको महाभियोग प्रस्तावको बेलायतमा कार्यरत नेपाली कानुनविधले स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा आँच पुर्‍याउन खोजिएको भन्दै विरोध गरेका छन्। नेपाल ब्रिटेन लयर्स एसोसियशनले लन्डनमा एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयमाथिको हस्तक्षेपको विरोध गरेको हो ।

  • तिम्रो पनि नाम रञ्जु बाट लन्जु फन्जु नबनोस्

    तिम्रो पनि नाम रञ्जु बाट लन्जु फन्जु नबनोस् ललिता लुईटेंल पौडेल -

    रञ्जु, तिमी को हौ? के हौ? तिम्रो बारेमा न मैले व्यक्तिगत रुपमा बुझेको छु, न म बुझ्न नै चाहन्छु। उमेरकै हिसाबले तिमीलाई ‘तिमी’ भनेर सम्बोधन गरे। रञ्जु, म राजनीति बुझ्दिनँ तर तिम्रो आक्रोस, तिम्रो बोली र ब्यवहार देखेर केही सोधौं सोधौं लाग्यो। जसरी तिमीले अरुको नाम बिगारेर अरुमाथि गालि बर्षाइरहेकि थियौ के त्यो सब जरुरी थियो र? अरूलाई नराम्रो नभनी नदेखाई, के राम्रो काम गर्न सकिन्न र? कि राजनीतिमा अरुको खुट्टा नताने सम्म माथि पुग्ने खुड्किला नै हुंदैन? सभ्य समाजको निर्माण गर्न लागि परेकी तिमीले यसरी असभ्य भएर अरूमाथि रिस पोखिरहँदा क्षणभरकोलागि जम्मा भएको भीडबाट ताली त पायौ होला। तर तिम्रो त्यो व्यवहारले मनिसको मनमा तिमीप्रति जून आशा पलाएको थियो त्यो पलभरमै मारिदियो। तिमिलाइ शायद त्यो थाहा छैन् होला।

  • पण्डित् दिनबन्धुद्धारा अमेरिकी विश्वविद्यालयमा धार्मिक प्रस्तुती

    पण्डित् दिनबन्धुद्धारा अमेरिकी विश्वविद्यालयमा धार्मिक प्रस्तुती सेतोपाटी संवाददाता, बोष्टन, अमेरिका,वैशाख २० -

    पण्डित् दीनबन्धु पोखरेलले अमेरिकाको बोष्टनस्थित ब्रान्डेइस युनिभर्सिटीमा हिन्दुधर्म र जातिय छुवाछुतको बारेमा आईतबार प्रस्तुति दिएका छन् । नेपालमा श्रीमदभागवत् वाचन गरी ख्याती कमाएका पोखरेलले हिन्दुधर्मले जात–जातको विभाजन जन्मका आधारमा गरेको नभई कर्मको आधारमा गरेको र छुवाछुत पनि धर्मग्रन्थमा बर्जित रहेको प्रस्तुतीका क्रममा बताएका छन् ।

     

  • आइएसआइद्वारा शरणार्थी शिविरमा आत्मघाति आक्रमणः बालबालिका सहित ३२ जना भन्दा बढिको निधन

    आइएसआइद्वारा शरणार्थी शिविरमा आत्मघाति आक्रमणः बालबालिका सहित ३२ जना भन्दा बढिको निधन सेताेपाटी ग्लाेबल -

    इराक र सिरियाको सिमानामा रहेको अस्थाइ शरणार्थी शिविरमा आइएसआइएसले आत्मघाति आक्रमण गरेको छ। मंगलबार भएको उक्त आक्रमणबाट २१ जना शरणार्थी सहित ३२ जनाको निधन भएको जनाइएको छ। निधन हुनेहरुमा इराकी शरणार्थी, सिरियाका बिस्थापित मानिसहरु र लडाकु भएको पुष्टि भएको छ।

  • प्रधानन्यायाधीस बिरुध्द दर्ता भएको महाअभियोग प्रस्ताब प्रति प्रवासी नेपालीहरुद्वारा खेद ब्यक्त

    प्रधानन्यायाधीस बिरुध्द दर्ता भएको महाअभियोग प्रस्ताब प्रति प्रवासी नेपालीहरुद्वारा खेद ब्यक्त सेताेपाटी ग्लाेबल -

    सर्बोच्च अदालतका प्रधानन्यायधीस बिरुध्द दर्ता भएको महाअभियोग प्रस्ताव प्रति प्रवासी नेपालीहरुले सार्वजनिक वक्तव्य जारी गर्दै खेद ब्यक्त गरेका छन्। यहि बैशाख १७ गते जारि गरिएको वक्तब्यमा नेपालमा कानुनी राज्यको उपहास भएको र स्वतन्त्र न्यायलय माथिको धावाले देश अध्यारो युग तिर धकेलिने चिन्ता ब्यक्त गरिएको छ।

  • वासिंटनमा नेपाली वाणिज्यदूतावास उद्घाटन

    वासिंटनमा नेपाली वाणिज्यदूतावास उद्घाटन सेतोपाटी संवाददाता, सियाटल वासिंटन, वैशाख १८ -

    नेपाल सरकारद्धारा अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नियूक्ति एसी शेर्पाद्धारा स्थापना गरिएको अवैतनिक वाणिज्य दुतावासको कार्यलय आज उद्घाटन भएको छ । नेपालका लागि अमेरिकी राजदूत डा अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा स्थापना गरिएको कार्यलयमा संयूक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

     

  • अमेरिकामा नेपाली यूवा मूर्तिकारको प्रदर्शनी

    अमेरिकामा नेपाली यूवा मूर्तिकारको प्रदर्शनी सेतोपाटी ग्लोबल, मिसौरी, वैशाख १८ -

    अमेरिकाको मिसौरी राज्य अन्तर्गत सेन्ट लुईसस्थित फोन्टबोनी युनिभर्सिटीमा बिगत दुई वर्षदेखि मूर्तिकला विषयमा अध्ययनरत नेपाली विद्यार्थी नेत्र बहादुर खत्री (रबीन खत्री) ले मूर्त तथा अमूर्त प्रकारका मूर्तिकला प्रदर्शन गरेका छन।

     

  • नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको प्रोमो र तालिका सार्वजनिक (भिडियो सहित)

    नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको प्रोमो र तालिका सार्वजनिक (भिडियो सहित) सेताेपाटी ग्लाेबल, वाशिंगटन डिसी -

    नेपाल अमेरिका फिल्म सोसाइटीको अगुवाइमा यही मे महिनाको ५ तारिख देखि सुरु हुने ’नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव’को प्रोमो सार्वजनिक भएको छ।  निर्धारित कार्यक्रम अनुसार मे ५ तारिख शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेज पार्क, मेरिल्याण्डमा दीपक रौनियारको चलचित्र ’सेतो सुर्य’ बाट सुरु हुने छ। महोत्सव मे ५ देखि ७ तारिख सम्म चल्ने छ। महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन्।

  • गैरकानूनी रूपले अमेरिका प्रवेश गर्नेमाथि थप कडाई, ट्रम्पले भने त्यस्तालाई समात्छौ, थुन्छौं र फर्काउँछौ

    गैरकानूनी रूपले अमेरिका प्रवेश गर्नेमाथि थप कडाई, ट्रम्पले भने त्यस्तालाई समात्छौ, थुन्छौं र फर्काउँछौ सेतोपाटी ग्लोवल, डिसी, वैशाख १७ -

    आफ्नो कार्यकालको १०० औं दिनको अवसर पारेर व्हाइट हाउसबाट दुई सय माईल टाढा पेन्सनभेनिया राज्यमा आयोजित आफ्ना समर्थकहरूको सभालाई सम्वोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्नेमाथि थप कडाइ गरेको बताएकाछन्। ‘विश्वले थाहा पायो कि गैर कानूनी रूपले अमेरिका प्रवेश गर्नेलाई समातिने छ, थुनिने छ र फर्काईने छ। अमेरिका यसमा कडा हुनेछ।’

     

  • एनआरएन अस्ट्रेलियाको सदस्यतामा नाटकीय मोड कसरी आयो?

    एनआरएन अस्ट्रेलियाको सदस्यतामा नाटकीय मोड कसरी आयो? हेमन्त काफ्ले -

    तीन दिनमा पाँच हजार सदस्य थपीने कुराले एनआरएनएको लोकप्रीयता बढेको होकी या सत्ता प्राप्तीको खेलमा कुप्रथा प्रारम्भ भएको हो त्यो भने हेर्न बाँकी छ । यो कुनै पनिहालतमा स्वस्फूर्त सदस्यता बढेको होइन। यो यहाँका राजनीतिक पार्टीका भातृ संगठनले आफ्नो टिमलाई जिताउन तयार पारेको रणनीतिको प्रतिफल हो। विस्तृतमा

  • यसरी त बाबुपछि छोरा विदेशिनु पर्छ!

    यसरी त बाबुपछि छोरा विदेशिनु पर्छ! खेमराज रानाभाट -

    बहुदल आएपछि जब नेपाल सरकारले राहदानी सबैका लागि सहज बनायो तब परिवारको मुख्य व्यक्ति बाबु कामका लागि विदेशिने र छोराछोरी, श्रीमती शहर झर्ने क्रम तीव्र भएको हो। बुढाबुढी भएका आमाबुबा मात्र आजभोलि आफूले कमाई खाएको जग्गा जमिन, घर र ठाउँको मायाले हिमाल-पहाडका गाउँ-ठाउँमा भेटिन्छन्। यी बुढेसकाल लागेका बाबुआमाहरू पनि हिड्डुल गर्न सक्ने र आफ्नो लागि खाना आफैं बनाउन सक्ने अवस्थासम्म मात्र गाउँमा रहने छन्।

     

  • वाशिड्गटन डिसीमा विशाल ‘क्लाईमेट मार्च’ सम्पन्न

    वाशिड्गटन डिसीमा विशाल ‘क्लाईमेट मार्च’ सम्पन्न सुनिल मणि दाहाल, वाशिड्गटन डिसी,  वैशाख १७ -

     तीन वर्षअघि सन २०१४ मा अनुमानित ४ लाख मान्छेहरुले न्युयोर्कको सडकमा पीपुल्स क्लाइमेट मोबिलाईजेसन नामक र्‍यालीमा भाग लिएका थिए। पिपुल्स क्लाइमेट मुभमेन्ट आयोजक रहेको उक्त र्‍यालीमा अमेरिकाका संरक्षण र बाताबरणसँग सम्बन्धीत संघ सस्था र अन्य ब्यक्तिहरुको ब्यापक उपस्थितिले जलबायु सरक्षणका लागि एक शक्तिशाली दबाब सृजना गर्न सफल भएको थियो।

     

  • हिमालय एअरलाईन्सको दुबईमा थाल्यो सिधा उडान, दुई तर्फी भाडा २८ हजार!

    हिमालय एअरलाईन्सको दुबईमा थाल्यो सिधा उडान, दुई तर्फी भाडा २८ हजार! सेतोपाटी संवाददाता, दुबइ, वैशाख १६ -

    साताको ३ दिन, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने  हिमालय एअरलाइन्सले, तीन वटा एअरवस A-320-214 मध्ये एउटा एअरबस यो रूटमा चल्नेछ। जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको हिमालयन एयरलाइन्सले जनाएको छ।

     

  • नुहाइरहेका पोर्चुगिज राष्ट्रपतिसँग युवतीको सेल्फी

    नुहाइरहेका पोर्चुगिज राष्ट्रपतिसँग युवतीको सेल्फी सेतोपाटी ग्लोबल, पोर्चुगल, वैशाख १५ -

    पोर्चुगल ठ्याक्कै नेपाल जस्तै पर्यटकले बाँचेको देश हो। केही वर्षदेखि लागेको आर्थिक मन्दीले युवा र काम गर्न सक्ने अधबैंशेहरू फ्रान्स, स्विजरल्याण्ड, लक्जेम्बर्क र लन्डन हान्निएका छन्। रेमिटेन्स पनि यहाँको अर्को अर्थतन्त्रको बलियो पाटो हो।

     

  • भिजिट भिसामा दलालहरुले दुवई ल्याएर अलपत्र पारेकाहरू

    भिजिट भिसामा दलालहरुले दुवई ल्याएर अलपत्र पारेकाहरू पृथीछक बुढा मगर -

    दुवई युएईको आधुनिक शहरको रुपमा उदयमान एउटा स्टेट हो। भनिन्छ, दुवई संसार चियाउने एउटा आँखी झ्याल पनि हो। त्यसैले युरोप, अमेरिका र अष्ट्रेलियामा मौका नपाएका विशेषत: मध्यम बर्गका युवाहरुको लागि राम्रो गन्तव्यको छनौटमा पर्छ युएई। युएई अबशरको ढोका पनि हो, हिजो सामान्य मज्दुरी गर्न आएका धेरै नेपालीहरु कम्पनिको मालिक वनेका धेरै उदाहरणहरु पनि देख्न सक्छौं। तर पछिल्लो समयमा यहाँ नेपालीहरुको चापसङ्गै भिजिट भिसामा आएका नेपालीहरुको विजोक पनि हेरिसक्नु छैन। यहाँ अरु राष्ट्रका मान्छेहरुले नेपाली फ

  • डलासमा मे २६ तारिकमा युएनए सम्मेलन

    डलासमा मे २६ तारिकमा युएनए सम्मेलन सेतोपाटी संवाददाता, डलास, वैशाख १५ -

    अमेरिकामा रहेका नेपाली युवाहरूको वृत्तिविकास गर्ने मूल लक्ष्यकासाथ युएनएले यो सम्मेलन गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । आयोजक संस्थाका अध्यक्ष पासाड लामाद्वारा जारी विज्ञप्तिमा अमेरिकामा रहेका नेपाली युवा विशेषगरी पछिल्लो पुस्ताको वृत्तिविकासमा सहयोग पुर्‍याउने उदेश्यमा सम्मेलन केन्द्रित रहेको वताईएको छ।

     

  • अमेरिका र चीनलाई बेवास्ता गर्दै उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई निरन्तरता

    अमेरिका र चीनलाई बेवास्ता गर्दै उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई निरन्तरता किशन गौतम,, सोल, वैशाख १५ -

    गत बुधवार अमेरिकाले कोरियाली प्रायद्विपमा खडा गरेको मिसाइल प्रतिरक्षा प्रणालीलाई  लक्षित गर्दै उत्तर कोरियाली  एक  सैन्य अधिकारिले  कुनै  पनि बाह्य  शक्ति वा घटनाले आफ्नो आणविक कार्यक्रमलाई असर नपर्ने भन्दै  यसलाई निरन्तरता दिने बताएका हुन्।

     

  • राजदूत सुवेदीद्वारा आयरल्याण्डका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

    राजदूत सुवेदीद्वारा आयरल्याण्डका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश फडिन्द्र भट्टराई, लन्डन -

    बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले आयरल्याण्डका राष्ट्रपति माईकल ड्यानियल हिगीन्स समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश  गरेका छन्। लन्डन दूतावासद्वारा जारी विज्ञप्ति अनुसार राजदूत सुवेदीले बिहीबार आयरल्याण्डको राष्ट्रपति प्यालेसमा आयोजित एक विशेष समारोहबीच आफ्नो ओहोदाको प्रमाणपत्र  पेश  गरेका हुन्।

     

  • कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु

    कोरियाबाट नेपाल फर्किने तयारीमा रहेका एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु किशन गौतम, सोल, वैशाख १५ -

    रोजगारीका लागि इपिएस मार्फत कोरिया पुगेका खोटाङ चिब्रुङका  कल्याण राई आफ्नै कम्पनीको आवास कोठामा मृत भेटिएका हुन्। करिब ५ वर्ष देखि दक्षिण कोरियाको छन्जुस्थित एक  धागो कारखानामा काम गर्दै आएका राई आफ्नो कोरियाको बसाइ अबधि समाप्तिपछि नेपाल फर्किने तयारीमा रहेको बुझिएको छ।

     

  • स्विजरल्याण्डमा गाँजा खान पाउनु पर्ने मागबारे जनमत संग्रह हुने

    स्विजरल्याण्डमा गाँजा खान पाउनु पर्ने मागबारे जनमत संग्रह हुने सेतोपाटी ग्लोबल,, जेनेभा, वैशाख १४ -

    बैधानिक रूपमा गाँजा खान र खेती गर्न पाउने पर्ने माग राखी स्विजरल्याण्डमा अभियान शुरु भएको छ। एक लाख हस्ताक्षर भएपछि कुनै पनि विषयमा जनमत संग्रह गर्नुपर्ने संघीय कानून अनुसार अबको डेढ बर्ष भित्र गाँजाको बैधानिकताको बिषयमा मतदान हुनेछ।

     

  • मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ?

    मारिन ले पेनले जितेमा हामी (आप्रवासी) कसरी प्रभावित हुन्छौ? रामचन्द्र भण्डारी -

    आगामी मे ७ मा दोस्रो चरणको निर्वाचन हुँदैछ जसमा मारिन ले पेनउक्त चुनावमा पहिलो स्थान प्राप्त गरेका इम्यानुअल म्याक्रोनसँग भिड्ने छन् । सबै भन्दा कडा आप्रवासी विरोधी कार्यक्रम पेश गरेकी मारिन ले पेनराष्ट्रपति निर्वाचित भएमा फ्रान्समा बस्ने आप्रवासीहरु पूर्णरुपले प्रभावित हुने निश्चित छ।

     

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १०० दिन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १०० दिन -सुनिल मणि दाहाल, वाशिंगटन, डि.सी. -

    मेक्सिकोको सीमामा पर्खाल लगाउने, ओवामा केयरलाई निस्तेज बनाई सहज र सस्तो स्वास्थ्य बिमाको ब्यवस्था गर्ने ,अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने, अमेरिकाको केन्द्रीय सरकारमा कुनै पनि नयाँ नियुक्ति नगर्ने, ट्रान्स प्यासिफिक पार्टनरसिपमा अमेरिका नरहने, ६ मुस्लिम बाहुल मूलुकका नागरिकलाई अमेरिका प्रवेशमा बन्देज लगायतका प्रमूख कार्यकारी आदेशहरू ट्रम्पले जारी गरेका हुन्।

     

     

  • सामाजिक सञ्जालमा हल्ला मात्रै गर्ने कि पीडकलाई कारबाही पनि गर्ने?

    सामाजिक सञ्जालमा हल्ला मात्रै गर्ने कि पीडकलाई कारबाही पनि गर्ने? सन्तोष न्यौपाने -

    बेल्जियमको नेपाली समाजमा हरेक वर्षजसो आउने समस्यालाई कसरी टुङ्ग्याउन सकिन्छ भन्ने तर्फ कोही लागेको देखिदैन। तसर्थ यसतर्फ लाग्नुपर्ने बेल्जियमबासी नेपालीहरुको आवश्यकता रहेको छ। यसको लागि पक्ष विपक्ष नगरेर पीडकलाई कारबाहीको दायरामा ल्याउने गरौं। पहिलो नैतिक कारबाही गरौं त्यसले नि नपुगे मिलाउन नसक्ने जस्तो छ भने बेल्जियम प्रसासनको सहयोगबाट अगाडि बढौं। त्यसो गर्दा एउटा घटना समाधान गर्दा पछि आउने १ सय घटना आफैं टुंगो लाग्न थालेका हुन्छन्।

     

  • अमेरिकाले क्षेप्यास्त्र  प्रतिरक्षा प्रणाली  तैनाथ गरेपछि कोरियाली प्रायद्धिपमा  थप तनाब

    अमेरिकाले क्षेप्यास्त्र  प्रतिरक्षा प्रणाली  तैनाथ गरेपछि कोरियाली प्रायद्धिपमा  थप तनाब सेतोपाटी संवाददाता, डिसी, वैशाख १३ -

    स्थानीयको तिब्र विरोधका वाबजूद पनि अमेरिकी सुरक्षाफौजले कोरियाको  दक्षिण पूर्वी इलाकामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथीको काम जारी राखेको छ। उत्तर कोरियाबाट सम्भावित क्षेप्यास्त्र आक्रमणलाई रोक्न भन्दै तैनाथ गर्न लागिएको थाड नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको स्थानीयवासीले तिब्र विरोध गरिरहेका छन्।

     

  • आमालाई फेसबुक  देखाउनुस्

    आमालाई फेसबुक  देखाउनुस् - प्रकाश सापकोटा -

    आमालाई

    मिठाइ ख्वाए ख्वाउनुस् नख्वाए नख्वाउनुस्,

    उपहार ल्याए ल्याउनुस् नल्याए नल्याउनुस्,

    वृद्धाश्रममा भेट्न गए जानुस् नगए नजानुस्,

    हँसाए हँसाउनुस् नहँसाए नहँसाउनुस्,

    गुन लाए लाउनुस् नलाए नलाउनुस्,

    पिडामा मल्हम लगाउनुस् या नलगाउनुस्,

    तर फेसबुक देखाउनुस्

  • अष्ट्रेलिया आउँदै हुनुहुन्छ यो भने अहिलै सोच्नुहोस्

    अष्ट्रेलिया आउँदै हुनुहुन्छ यो भने अहिलै सोच्नुहोस् सिद्धार्थ पौडेल -

    भन्छन् नि कमाउन नसकेको धन, र रमाउन नसकेको मन ले धेरै कुरा बिगार्ने गर्छन् रे। त्यस्तै छ यहाँ अष्ट्रेलिया मा। अष्ट्रेलिया गन्त्यब्य बनाउनेले मात्र होइन, अब बनाउन उत्प्रेरित गर्नेले पनि यसको बारेमा गहिरिएर सोच्नुपर्ने अवस्था आएको छ। अब नसोचे कहिले सोच्ने? हामीले नसोचे कसले सोच्ने?